नयाँ वर्षको शुरुआतसँगै नगरवासीलाई स्मार्ट पार्किङ
इन्द्र रिजाल
चैत २८, २०७५ बिहिबार १६:०:४६
काठमाडौं । नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति पाउने भएका छन् ।
काठमाडौँ महानगरपालिकाले न्यूरोड आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै सर्वसाधारण नागरिक पार्किङ समस्याबाट मुक्त हुने भएका हुन् ।
सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।
पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा नयाँ वर्षको शुरुआतसँगै स्मार्ट पार्किङ सञ्चालनमा आउने छ । प्रभावकारिता र आवश्यकता हेरी अन्य स्थानमा पनि सवारी साधन राख्नका लागि व्यवस्थापनको काम गर्ने कामपाको योजना रहेको छ ।
काठमाडौँ शहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको प्रवक्ता डङ्गोलले बताए । “पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि शहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ”, उनले भने ।
स्मार्ट पार्किङ सञ्चालनमा ल्याइने स्थानमा एक पटकमा करीब ८०० दुईपाङ्ग्रे सवारीसाधन र ४० चारपाङ्ग्रे गाडी पार्किङ गर्न सकिनेछ । सो क्षेत्रमा पार्किङ गर्दा दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० लाग्नेछ । त्यस्तै चारपाङग्रेका लागि प्रतिघण्टा रु ५० शुल्क निर्धारण गरिएको छ ।
पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन् । ती क्षेत्रमा जानुअघि सवारी चालकले मोबाइलबाटै समय र स्थानको सुनिश्चित गर्न सक्नेछन् ।
सेन्सरमा आधारित यस प्रणालीमा सवारी प्रवेश गरेको र निस्किएको रेकर्ड हुन्छ । रिजर्भ गरेको समय, पार्किङ गरिएको स्थान, समय र पार्किङ शुल्कजस्ता विवरण आवश्यकताअनुरुप हेर्न सकिनेछ ।
त्यसैगरी कामपाले सफा शहर निर्माणका लागि विगत दुई हप्तादेखि अत्याधुनिक बु्रमरको माध्यमबाट सडक सफा गरिरहेको छ । पाँच रुट निर्धारण गरेर हरेक दिन बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म काठमाडौँका सडक सफा गर्दै आएको छ ।
यससँगै कामपाले स्मार्ट प्रतीक्षालय, हरियाली काडमाडौँ, सार्वजनिक शौचालय निर्माणजस्ता कामको शुरुआत गर्न बाँकी नै छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबेसहाराको आश्रयस्थल बन्दै बालगृह
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
बैशाख ३०, २०८१ आइतबार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार