होचो स्थानका होचै सपना !
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १५:३:५४
♦ टीकाराम सुनार/ चन्दन ठाकुर
२८ जेठ, जनकपुरधाम । नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ । हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ । स्थानीयमध्ये कसैले मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ भोलाबाबा मन्दिर वरपर करिब साढे तीन बिघा क्षेत्रफलमा त कसैले वडा नं १ को दक्षिणबारी टोल नेपालकै होचो स्थान भएको दाबी गर्छन् तर दाबी गरिएका दुवै ठाउँमा पहिचान झल्किने कुनै प्रमाण भेटिदैन ।
स्थानीयवासी रामसोभार चनीले वडा नं २ मा होचो स्थान दाबी गरे र भने, “यही ठाउँ हो नापेको । सुरुको चहलपहल हेर्दा अब केही हुन्छ कि जस्तो लागेको थियो, त्यो पनि कता गएर अड्कियो थाहा छैन । न स्थानीय सरकारले केही ग¥यो न अरु कुनै संस्थाले नै ।”
त्यस्तै वडा नं १ का स्थानीयवासी अशोक यादव होचो स्थान दक्षिणबारी टोलमै भएको दाबी गर्छन् । “तपाईले पनि पढेको होला होचो स्थान धनुषाको मुसहरनिया भनेर । वडा नं २ त तत्कालीन मुखियापट्टी हो”, अशोकले भने ।
होचो स्थानका विषयमा चासो राख्दै आएका मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले पहिले वडा नं १ मा होचो स्थानबारे चर्चा भए पनि पछिल्लो पटक नापजाँच हुँदा वडा नं २ को पुर्नी पोखरी भैरवबाबा मन्दिर छेउमा होचो स्थान भेटिएको बताउछन् । उनी भन्छन्,“पहिले वडा नं नम्बर १ का केही स्थान र सुदखोलामा पनि नापी भएको थियो तर खोला, दशगजा छेउमा नापेर त काम भएन । पछि यता नाप्दा वडा नं १ को भन्दा होचो देखियो । सोहीअनुसार हामीले वडा नं २ मा होचो स्थान दाबी गरेर केही संरचना पनि बनाउन खोज्दैछौँ ।”
वडा नं २ का अध्यक्ष नरेशप्रसाद यादवको पनि आफ्नै दाबी छ । “होचो स्थान वडा नं २ को पुर्नी पोखरी छेउमा हो । नापीका क्रममा पनि यो भनिएको हो । त्यहीअनुसार यहाँ दृश्यवलोकन स्तम्भलगायतका संरचना बनाउने कुरा पनि भएकै हो ।” दुबै वडाका स्थानीयवासी आआफ्नै ठाउँमा होचो स्थान भनेर दाबी रहेको छ ।
नापी विभाग खगोल तथा भूमापन महाशाखाका उपनिर्देशक अमिरप्रसाद न्यौपानेले भने, “पहिले झापाको केचनाकवल र अहिले धनुषाको मुसहरनिया होचो स्थान भनिदैछ । सरकारले कहिल्यै आधिकारिक घोषणा गरेको र गर्ने योजना पनि छैन । स्थानीयले दाबी गरिरहेको विषयमा केही भन्नु छैन ।”
होचो स्थानका विषयमा स्थानीयस्तरमा फकरफरक ठाउँमा दाबी रहे पनि यहाँका नागरिकहरुको पीडा वर्षौदेखि सम्बोधन हुन सकेको छैन । यी दुबै टोल जमुनी, सिमरा र विगिही नदी छेउमा रहेकाले वर्षेनी नदी कटानको समस्याबाट स्थानीयवासी पीडित छन् । “होचो ठाउँ जहाँ भए पनि हामीले लाभ त केही पाइरहेका छैनौँ बरु पीडामाथि पीडा छ । वर्षायाममा चारैतर्फ चार÷पाँच फिट पानी भरिन्छ, ज्यान जोखिममा पर्छ”, स्थानीय ८० वर्षिय रामवृक्ष यादवले पीडा सुनाए ।
स्थानीय ज्येष्ठ नागरिक ७० वर्षिय रामाषिस रायले वर्षायाममा डुबानले मान्छे, घर तथा घरभित्र जोहो गरेका सामान जोखाउन मुस्किल हुने गरेको बताए । अर्का स्थानीय पुरन यादव, संजिव यादवलगायतले नेपालको नक्सा हेरेर पनि मुखियापट्टी मुसहरनियाको दुर्दशा अनुमान गर्न सकिने बताउछन् ।
वडा नं २ का अध्यक्ष नरेशप्रसाद पनि स्थानीय स्रोतसाधनले नभ्याउने र स्रोतसाधन भएको प्रदेश तथा केन्द्र सरकारले यहाँका जनतालाई जोगाउने गरी योजना अगाडि सार्न नसकेको बताउछन् । तीनैतिर रहेका ठूला नदीहरु छेउमा भारतीय पक्षले ठूला बाँध र सडक बनाएको छ । वर्षामा यहाँ पानीको डुबानको समस्या छ । खेतीयोग्य जमिन समाप्त हुने अवस्थामा छ । मानववस्ती वर्षेनी ज्यान हत्केलामा राखेर बस्नु परेको उनको भनाइ छ ।
प्रदेशसभा सदस्य राम सरोज यादवले यो गाउँपालिका नेपालकै पानी निकास हुने ठाउँ भएकाले यहाँको विशेषता र संवेदनशीलता दुवै हेरेर सरकारले नदी रोकथाम र विकासका काम अगाडि बढाउनुपर्ने बताउछन् । वर्षात्मा यहाँ पानीले जलमग्न भएको तलाउभन्दा अरु केही देखिँदैन भने अरु बेला पानी नभएर सुख्खा जमिन मात्रै देखिन्छ । पर्यटकीय गतिविधिबाटै स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
धनुषाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद जुलिकुमारी महतोले मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ र २ का वासिन्दालाई डुबानको समस्याबाट मुक्त गर्न जमुनी र विगिही नदी नियन्त्रणका लागि बजेट छुट्टयाउन आफूले पटकपटक सरकारको ध्यानाकर्षण गराएको बताउछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
राप्रपाको जलपान समारोहमा प्रधानमन्त्री ओलीको इन्ट्री ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकार पक्षको मुद्दामा ३६.८७ प्रतिशत सफलता हासिल
पुष २८, २०८१ आइतबार
महोत्सवमा धामीझाँक्री कौशल प्रदर्शन
पुष २८, २०८१ आइतबार
भीड तथा दङ्गा नियन्त्रण अभ्यास प्रदर्शन
पुष २८, २०८१ आइतबार
यसवर्ष महोत्तरीमा धान उत्पादन बढ्यो
पुष २८, २०८१ आइतबार
सिद्धार्थ लाईफ केयरद्वारा मर्चवारमा निःशुल्क स्वास्थ्य शिविर
पुष २८, २०८१ आइतबार
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस जारी
पुष २८, २०८१ आइतबार