बजेटमाथिको छलफल सकियो, अर्थमन्त्रीले सोमबार जवाफ दिने
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १५:४६:२८
२८ जेठ, काठमाडौं । सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट माथिको छलफल सकिएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा दर्जनभन्दा बढी सांसदहरुले छलफलमा भाग लिएका छन् ।
बैठकमा बजेटमाथिको छलफलको कार्यक्रम पूरा भएको जानकारी दिँदै सभामुख देवराज घिमिरे अर्को बैठक भोलि सोमबारा बिहान ११ बजे बस्ने जानकारी दिएका छन् । भोलिको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने जानकारी दिए ।
बजेटमाथि गएको आइतबारदेखि सांसदहरुले छलफलमा भाग लिएका थिए । प्रतिपक्षी सांसदहरुले मात्र नभई बजेटप्रति सत्ता पक्षकै सांसदहरुले प्रश्न उठाउँदै सुधार गर्न थु्प्रै सुझाव दिएका छन् ।
मन्त्री महतले जवाफ दिएपछि पारितका लागि सभामुख घिमिरेले प्रस्ताव गर्नेछन् । प्रमुख प्रतिपक्षी एमालेले बजेटको विपक्षमा उभिने घोषणा गरिसकेको छ भने सत्तारुढ एकीकृत समाजवादी र जसपाले मन्त्री महतबाट चित्ताबुझे जवाफ नआए समर्थन नगर्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार