नेपालगञ्जमा आगलागीका घटना बढ्दै
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १६:४६:२३
२९ जेठ, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा विभिन्न किसिमले हुने आगलागीका घटना बढ्दै गएका छन् । विसं २०७६ देखि २०७९ सम्ममा सल्केर भएको आगलागीबाट ६८, विद्युतीय झडकाबाट ९३, ग्यासबाट १८, अन्य आगलागीका घटनाबाट १० र थाहा नभएका ५१ घटना भएको नेपालगञ्ज उपमहानगरपालिकाको दमकल सेवा कार्यालयले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण, डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख हरिप्रसाद पाण्डेले विद्युतीय संरचनाले जमिनमा छुने वा एउटाले अर्को लाइनलाई छुँदा विद्युतीय घटना हुने बताए । विद्युतीय झटकाबाट हुने घटना न्यूनीकरणका लागि सचेतना आवश्यक रहेको उनको भनाइ छ ।
सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) सम्बन्धी निजी क्षेत्रसँगको समन्वय कार्यशालामा पाण्डेले विद्युतीय दुर्घटनाका विभिन्न पक्षको जानकारी दिँदै सिँचाइबाट विद्युतीय दुर्घटना बढी भएको उल्लेख गरे । उनले भने, “विद्युतीय दुर्घटनाबाट जोगिन विद्युतीय उपकरणको प्रयोगमा चनाखो हुन आवश्यक छ ।”
नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत एवं विपद् सम्पर्क व्यक्ति प्रकाश डिसीले विपद्का विभिन्न समस्यालाई सम्बोधन हुने गरी पूर्व तयारी गर्नुपर्ने बताए । उनले स्थानीय सरकारबाट विपद् पूर्व तयारीसम्बन्धी भएका गतिविधिका बारेमा जानकारी दिँदै भूकम्प, आगलागी, शीतलहर र लु जस्ता विपद्का समयमा सबैको सहकार्य आवश्यक पर्ने भन्दै समन्वय गर्दा घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
परियोजनाका नरेश निदालले विपद्मा नागरिक सहभागिता आवश्यक भएको उल्लेख गर्दै अध्ययनले नेपालगञ्ज आगलागी र भूकम्पको जोखिम क्षेत्रका रूपमा देखाएको जानकारी दिए । “परियोजना नेपालगञ्ज उपमहानगरपालिका–३ र ७ मा सञ्चालन भइरहेको छ”, उनले भने ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा उक्त ‘प्रोजेक्ट’ सञ्चालन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मी छल्न पानीको सहारा: भैरहवाका वाटरपार्कमा नेपालीसहित भारतीयको भीड
बैशाख २६, २०८१ बुधबार
अत्यधिक गर्मी र ‘लू’ ले जनजीवन कष्टकर
बैशाख २५, २०८१ मंगलबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
मेरो चरित्र हत्या गर्नेलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउछु : पारस खड्का
बैशाख २७, २०८१ बिहिबार
कांग्रेस संसदीय दलको बैठक आज बस्दै
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा फसेका २७-२८ जना मजदुरको उद्धारका लागि पहल जारी
बैशाख २७, २०८१ बिहिबार
नारायणगढ–मुग्लिन सडकमा चार पुल धमाधम बन्दै
बैशाख २७, २०८१ बिहिबार
लखनउमाथि सनराइजर्सको १० विकेटको जित
बैशाख २७, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २७, २०८१ बिहिबार