मधेशका मुख्यमन्त्रीले विश्वासको मत मागेपछि माओवादीमा धर्मसंकट
नेपालबहस संवाददाता
जेठ ३०, २०८० मंगलबार १३:१०:५३
३० जेठ, जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि उनले अपराह्न ५ बजे बोलाइएको प्रदेशसभामा बैठकमा यादवले विश्वासको मत लिन लागेका हुन् । उनले विश्वासको मत लिने भएपछि माओवादी संकटमा परेको छ ।
अहिले जसपा र माओवादीबीच सम्बन्ध राम्रो छैन् । माओवादी जसपासँग असन्तुष्टि राखेर प्रदेशसभाको बैठक पनि बहिस्कार गर्दै आएको छ । एकातिर प्रदेशका केही माओवादी नेताहरु जसपालाई विश्वासको मत दिन नहुने पक्षमा छन् भने केन्द्रमा जसपाको समर्थनमा माओवादी नेतृत्वको सरकार छ । प्रदेशमा मत नदिए केन्द्रीय गठबन्धनमा समस्या उत्पन्न हुन्छ ।
एमालेले जेठ १ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्था अनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ । अहिलेसम्म मुख्यमन्त्री सरोजकुमार यादवलाई एमालेबाहेक सबै दलको समर्थन छ । कुल १०७ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ५४ जना सांसदको साथ चाहिन्छ ।
सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)को सम्बन्ध निकै बिग्रिएको छ । माओवादी केन्द्रले नियमित दुईवटा प्रदेशसभा बैठक नै बहिष्कार गरिसकेको छ । डा. सीके राउत नेतृत्वको जनमत र महन्थ ठाकुर नेतृत्वको लोसपा पनि सरकारसँग असन्तुष्ट छन् । यी तीनै दलले सम्मानजनक मन्त्रालय नपाएको गुनासो गर्दै आएका छन् ।
यस्तो अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत पाउन केही कठिनाइ हुने देखिन्छ । तीन दलले नै विश्वासको मत दिएनन् भने मात्र यादव नेतृत्वको सरकार संकटमा पर्छ । अहिले सरकारलाई जसपाका १८, नेपाली कांग्रेसका २२, जनमत पार्टीका १३, लोसपाका ९ र माओवादी केन्द्रका ९ सांसदको सर्मथन छन् । यीबाहेक नागरिक उन्मुक्ति, नेपाल संघीय समाजवादी, राप्रापा र तीन स्वतन्त्र सांसदले सर्मथन कायम राखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार