भुटानी शरणार्थी नेता टेकनाथ रिजालले किन अधिवक्ताको हात ढोगे ?
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १२:३०:१७
३१ जेठ, काठमाडौं । केही दिनदेखि काठमाडौं जिल्ला अदालतमा भुटानी शरणार्थीका नाममा नेपालीलाई अमेरिका लैजाने गिरोहको आरोपमा ठगी, संगठीत अपराध, मानव बेचबिखनलगायतका मुद्दाको चर्को बहस पैरवी भइरहेको छ। यसै क्रममा इजलाशमा बहस सुनी बसेका मानव अधिकारवादी भुटानी शरणार्थी नेता एवं आरोपी टेकनाथ रिजालले अर्का आरोपी टेक नारायण पाण्डेका पैरवीको लागि बहस गरेका एक अधिवक्तालाई बोलाएर नजिकै राखी हात समातेर सोही हात आफ्नो निधारमा छुवाएका छन्।
इजलाशमा सामान्यतः अस्थिर र फ्रस्टेट देखिने टेकनाथ रिजालले तत्काल आँखा भरी आँसु लिएर द्रबितरुपमा सास फेरे र ती अधिवक्तालाई भने, “मलाई धेरै कुरा भन्न मन थियो। कहाँ र कसलाई भन्ने ठाउँ नै पाएको छैन। मेरो एउटा कुरा चाहिँ तपाइले भनिदिनु भयो। मेरो एउटा कुरा तपाईँबाट निस्कियो। वकिल साहवलाई धेरै धेरै धन्यवाद।”
यो भनिरहँदा त्यहाँ सुन्ने अरू मानिसहरू चुपचाप उनलाई हेरिरहेका थिए। टेकनाथले तत्कालै ती वकिलको भिजिटिङ कार्ड पनि मागे र लिए।
थुनछेक बहसको क्रममा सचिव टेक नारायण पाण्डेको पक्षबाट बहस गर्न अधिवक्ता डा. गणेश रेग्मीको पालो थियो। तत्काल उनले टेक नारायणको प्रतिरक्षा गर्दै भनेका थिए, शिक्षा क्षेत्रबाट गृहमा एकैचोटी आएका सचिवलाई गृहका रैथाने कर्मचारीले डिपार्टमेन्टल र पर्सलन बायसनेसका कारण सहयोग गरेनन्। यसले गर्दा टेक नारायणले आफै सुराक वा ‘इन्फरमेसन’ लिने अवस्था भयो। त्यसैले विभिन्न मानिससँग सम्बन्ध राख्न पर्यो र सोही क्रममा एसएमएसहरू देखिएका हुन।
अनुसन्धानका क्रममा गृहका कर्मचारीहरूले सचिवलाई प्रत्यक्ष रुपमा दोष लगाएका छन्। सचिवले गलत नियत राखेको, चलखेल गरेको, कर्मचारीले रोक्दा रोक्दै काम गरेको, प्रत्यक्ष र अप्रत्यक्ष दवाव दिएको, प्रतिवेदन बारम्बार माग्ने गरेको, विना प्रोटोकल युएनएचसीआरका मानिसलाई भेटेको, हामीले भनेको नमानेको, उल्टो सरुवा गरिदिएकाले उनकै संलग्नतामा प्रतिवेदन पनि फेरबदल भएको हुन सक्छ भनेर बयानमा लेखेका छन् ।
त्यसैलाई इंगित गर्दै वकिलले भने, यदि सचिवले कुनै काम गलत गरेको भए त्यसभन्दा माथि मन्त्री हुन्थ्यो, मन्त्रीलाई उजुरी गुनासो गर्न सकिन्थ्यो । मुख्यसचिव र प्रधानमन्त्री समक्ष पनि गुनासो गर्न सकिन्थ्यो। त्यसतर्फ तत्काल कसैले केही नगर्ने तर, धेरै पछिको मुद्दाको बयानमा मात्र विषबमन गर्नु स्वाभाविक छैन। यसैले गर्दा सो कसुरमा सरकारी कर्मचारीको तर्फबाट एकजना सचिव मात्र परे। अरु सरकारी कर्मचारी कोही परेका छैनन्। के सरकारको तर्फबाट भएको समग्र गल्ती एकजना सचिवले मात्रै गर्न सम्भव छ ? सहयोगी कर्मचारी पनि कोही पनि हुँदैनन् ?
अधिवक्ता रेग्मीले थपे, यो मुद्दामा अरू व्यक्तिको सहभागिता हुन जरुरी थियो वा थिएन अरू नै भन्लान तर, सचिव र मन्त्रीको सहभागिता हुनै पर्ने अवस्था छ। विभागीय सचिव र मन्त्रीले यो विषयमा केही नगरेको भए त्यो जिम्मेवारीबाट भागेको ‘अकर्मण्यता’ हुने थियो। जिम्मेवारी प्राप्त व्यक्तिले तोकिएको काम नगर्नु पनि अपराध हो। गृह सचिव र मन्त्रीको स्थान र पद नै शरणार्थीको
विषयलाई डिल गर्नै पर्ने अवस्थाको हो।
यदि यसमा अरू कोही अनिवार्य रुपमा सहभागी हुनु पर्ने मानिस हो भने त्यो भुटानी शरणार्थीको नेता टेकनाथ रिजाल पनि हो। परिवारका अन्य सदस्यहरू अमेरिका पुगिसकेको र आफु नेपालमा रहेका शरणार्थी छुट भएकोमा पठाउन प्रयास गर्नेमा सचिव, मन्त्री र शरणार्थी नेता टेकनाथ रिजाल तीनजना अनिवार्य रुपमा सहभागी हुनै पर्छ।
शरणार्थी नेता टेकनाथ रिजाल छुटेका भुटानी शरणार्थीलाई अमेरिका पठाउनु पर्ने कुरामा जिम्मेवारीबाट भाग्नै मिल्दैन भन्दा टेकनाथ रिजालले लामो सास फेरेका थिए। अनि आँखा चिम्लेर टाउको उठाएका देखिन्थे। उनका आँखा आसुले भरिएका थिए।
लामो समय आँखा चिम्लेर बसेका उनले अधिवक्ता रेग्मीले बहस सके पछि आफैले बोलाएर नजिकै बस्न अनुरोध गरे र भने, मैले भन्न पर्ने कुरा धेरै छन्। कहाँ कसलाई भन्ने हो ठाउँ नै पाएको छैन। एउटा कुरा तपाईँले भनिदिनु भयो। उनले कृतज्ञता जनाउन चाहेको देखिएका थिए।
टेकनाथको तत्कालको भावभंगीले उनी चाहेर पनि जिम्मेवारीबाट हट्न नसक्ने भएकोले यो मुद्दामा परेको बताउन खोजेको देखिन्थे। लाग्छ, उनले धेरै कुरा भन्न चाहन्छन् तर भन्ने ठाउँ पाएका छैनन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकसरी हुन्छ नेपाल टेलिकमको लाइसेन्स नवीकरणः कानुनमा अडचन छ, आर्थिक लाभ हेर्छन् कर्मचारी ?
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट: एमालेका भण्डारी ६०८ मतले अगाडि
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट : एमालेको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार