पाण्डेको ‘बिक्री कला’ पुस्तकले पैसाको व्यवहारिक पक्षलाई उजागर गरेको छ
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १३:२७:२८
३१ जेठ, काठमाडौं । कमलबहादुर पाण्डेको "बिक्री कला" पुस्तक यसै साता हात पर्यो । बिक्री कला पुस्तकको शिर पुच्छर छिचोल्दा लेख र लेखकका केही आयामहरूमा भिन्नता हुन्छ भन्ने अनुभूति भयो । लेखाइका धेरै आयामहरूबाट बनेको पुस्तक समाजका लागि एक प्रतिविम्ब हो । पुस्तककै वरिपरी बसेर हेर्दा लेख्न सबैले सक्छन् । तर, सबै लेखक बन्दैनन् ।
जीवन चक्रलाई बुझेर लेख्नेहरू लेखक हुन् । धेरैले जीवनका चक्रलाई बुझे पनि तारतम्य मिलाउन सक्दैनन् । जीवन र जगत हो, लेखनको मूलमन्त्र । यही मुल मन्त्रभित्र खुल्ला संसारमा बुट्टा भर्ने काम गर्छन् लेखकले । जसले हरेक प्राणीको कुनै न कुनै रुपलाई चित्रण गरेको हुन्छ ।
जन्म, मृत्यु, प्रेम, ज्ञान, सीप, व्यवहार, लक्ष्य र उत्पादक एवं प्रति उत्पादक आदि सबै भित्र सार हुन्छ । जसको चौडा सागरसँग पनि तुलना गरिन्छ । यसकारण लेखकले यी आयामहरू समेटेर बनाएको एउटा पुस्तक समीक्षात्मक बन्छ । यसैमा लेखको परिचय पनि पाइन्छ । कमलबहादुर पाण्डेको 'बिक्री कला' चित्र यसै भित्रको एक भाग हो । उनको यस पुस्तकको सार लिन धेरै गहिराइमा पुगिरहनु प्रदैन । पुस्तक सरल छ । मान्छे जन्मिएपछिका संघर्ष र लिनुपर्ने शिक्षा यसभित्र छन् ।
मानिसले जतिसुकै राम्रो काम गरेपनि उसको पछाडि गल्ती पर्खिरहेको हुन्छ । एउटा सपना देख्न र त्यसलाई पछ्याइरहनु 'बिक्री कला' पुस्तकको मूल सार हो । उनले एउटा झुसिल्किरोले आफ्नो संसार सकिएको ठानेर हरेस खाएकै समयमा उ पुतली बनेर उठेको प्रसंग उठाएका छन् । ज्ञान र ज्ञानको प्रयोगमा आउने भिन्नताहरुलाई पुस्तकमा देखाउन खोजिएको छ ।
पाण्डेले टाउकोलाई बरफ कारखाना, मुखलाई चिनी कारखाना र मानिसको हृदयलाई सन्तोषको कारखानासँग तुलना गरेका छन् । मानौं, एक गिलास पानीले निभाउन सकिने आगोलाई हेलचक्राई गर्दा संसार ध्वस्त हुन्छ भनेका छन् । यसको अर्थ हो । मानिसले जे काम गर्छ समयमा नै गर्नुपर्छ । अन्यथा पछुताउनुपर्छ । यसै गरी समाजमा सानो गल्तीले धेरै महत्वपूर्ण कुराहरूलाई बिगारिरहेको छ भन्ने उनको सन्देश छ ।
मुलतः पाण्डेको 'बिक्री कला' पैसाको शिक्षासँग धेरै नजिक छ । पैसा कसरी कमाउन सकिन्छ । व्यवसाय कसरी गर्न सकिन्छ । पैसाको जीवनमा कति महत्व छ भन्ने कुरा उनले आफ्नो भोगाइबाट सिकाइमा लाने प्रयास गरेका छन् । उनले भनेका शब्दको अर्थभन्दा पनि व्यवहारिक पक्षलाई बढी महत्व दिन खोजेका छन् । सँगसँगै लेखक पाण्डेले राष्ट्र र राष्ट्रियतामाथि गर्नु पर्ने व्यवहारको चित्रण गरेका छन् । उनले राष्ट्रलाई पुत्र जस्तै माया दिनुपर्ने भनेका छन् । यसको अर्थ राष्ट्र सर्वोपरि हो ।
मानिस खुशी रहनु एक अपरिहार्य कुरा हो । मान्छेलाई खुशी बनाउ सकिने १४ कारण उनले पुस्तकमा उल्लेख गरेका छन् । निःस्वार्थ सेवा र व्यवहारिक पक्षलाई यसमा बढी महत्व दिएका छन् । मुलतः उनले आफ्नो व्यावसायिक क्षेत्र बीमा क्षेत्रमा गरिनुपर्ने काम र कर्तव्यलाई देखाउन खोजेका छन । यसभित्र उनले जीवनमा भोगेको यर्थाथ छ । पुस्तकमा धेरै पक्ष व्यवहारिक छन् ।
पहिलो कुरा त यसले केही गर्छु भन्नेका लागि राम्रो मोटिभेसन गर्छ । पाण्डेले मार्केटिङ पेशा, यूवा पुस्ता, बिधार्थी एवं नव उधोगी, व्यवसायीहरुलाई लक्षित गर्दै आफ्नो २५ वर्षे अनुभवको यात्रालाई समेटेका छन् । खुराक र सूचनायुक्त छ पुस्तक ‘बिक्री कला’ । लाईफ इन्स्योरेन्स क्षेत्रमा यसले धेरै ज्ञान दिएको छ । एउटा साधारण मानिस कसरी भविष्यमा महत्वपूर्ण ठाउँमा पुग्न सक्छ भन्ने कुरा लेखक पाण्डेले यसमा पस्कन खोजेका छन् ।
उनी आफैंले भनेका छन् नेपाली बजारमा खुराकयुक्त र स्तरीय कुनै लेखकका पुस्तक भेटिन गाह्रो छ । राम्रै लेखकका पुस्तक हात लागेपछि मात्र आफै पुस्तक लेख्ने जाँगर चल्यो । पहिलो पटक पुस्तक कसरी लेख्न, पुस्तकको शीर्षक कसरी चयन गर्ने, पाण्डुलिपी कसरी बनाउने, सन्दर्भ सामाग्रीहरु कसरी संकलन गर्ने ।’ यिनै सोच र दौडधुपबाट नै उनको यस पुस्तकले पुर्णआकार पाएको छ । केही गरौँ र गर्छु भन्नेका लागि प्रेरणादायी बनेको छ ।
“सय बर्ष बाँच्नका लागि सय बर्षको उमेर हुनु जरुरी छैन, एउटा यस्तो काम गर्नुहोस् की सय बर्षसम्म संसारले तपाईँलाई याद गरोस्” कमलबहादुर पाण्डेले भर्खर बजारमा ल्याएको बिक्री कला नामक पुस्तकबाट साभार गरिएको माथिको भनाई लेखकको जीवनमा पनि ठ्याक्कै मिल्छ ।
बीमा क्षेत्रमा कहलिएका प्रशिक्षक, मोटिभेशनल ट्रेनर, मार्केटिङका ज्ञाता लगायतका थुप्रै पदवीबाट शुसोभित पाण्डेले बजारमा ल्याएको यो पुस्तक जीवनमा केही गर्न खोज्ने नयाँ पुस्ता, राजनीति र जागीरको उच्च तहमा पुग्न लालसा राख्ने यूवा पुस्ता, उद्यमी व्यवसायी लगायत सबै वर्ग र क्षेत्रका लागि उपयोगी र प्रेरणादायी रहेको छ ।
नेपालका ७ प्रदेश, ७५३ स्थानीय तहमा रहेको जनसंख्या, जातजाति, महिला पुरुषको संख्याको तथ्याङक समेत समेटिएको यो पुस्तक जानकारीमूलक मात्र छैन, सकारात्मक सोचको विकास, बिक्री कलाका अनगिन्ती टिप्स र उखान टुक्का एवं प्रेरणादायी भनाई पनि यसमा समावेश छन् ।
३७६ पृष्ठको यस पुस्तकको मुल्य बजार मुल्य सस्तो भएकाले पाठकलाई तिर्न खासै ठुलो समस्या पनि छैन । रत्न पुस्तक पसल, प्रगति पुस्तक पसल बागबजार तथा जाल्पादेवी स्टेशनरी, जाल्पा चौक टोखा–८ मा उपलब्ध रहेको छ भने अनलाइन माध्यमबाट पनि खरिद गर्न सकिने लेखक पाण्डेले जानकारी दिएका छन । अनलाइन अर्डरका लागि कमल पाण्डे कानेखुसी मोवाइल नं.९८५११६६४६५ सम्पर्क गर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
कात्तिक २०, २०८१ मंगलबार
मिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार