अध्यक्ष तिमिल्सिना र सांघाई पिपुल्स कंग्रेसका अध्यक्ष युन्हुबीच भेटवार्ता
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १५:३६:१५
३१ जेठ, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीनको सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुबीच शिष्टाचार भेटवार्ता गरेका छन् ।
पिपुल्स बिल्डिङमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले चीनको औद्योगिक सहर सांघाईको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताउँदै सांघाईबाट काठमाडौं र पोखरा सिधा उडान भए सांघाईको औद्योगिक र व्यापारिक क्षेत्रको नेपालले लाभ लिनसक्ने बताए ।
सांघाईबाट काठमाडौं र पोखरा सिधा हवाइ उडान हुँदा नेपाली व्यापारीहरू पनि सोझै चीन आउन सक्छन् र यहाँबाट पनि धार्मिक पर्यटकहरू लुम्बिनी जान सक्ने र अन्य पर्यटकहरु पोखरा जान सक्छन्,’ भेटमा अध्यक्ष तिमिल्सिनाले भने ।
अध्यक्ष तिमिल्सिनाले पोखरा महानगरले सांघाई शहरसँग भगिनी सम्बन्ध राख्ने चाहना व्यक्त गरेको त्यहाँका अधिकारीहरुलाई जानकारी गराएका अध्यक्ष तिमिल्सिनाको सचिवालयले जानकारी दिएको छ ।
सांघाई म्युनिसिपल पिपुल्स कंग्रेस स्थायी समितिका अध्यक्ष डोङ युन्हुले सांघाई सबैभन्दा ठूलो आर्थिक केन्द्र शहर भएको र यसले चीन र नेपालबीचको अन्तर सम्बन्ध बढाउने, अर्थतन्त्र, संस्कृति, पर्यटन र जनजीविकाका क्षेत्रमा दुई स्थानबीचको सहयोगको प्रवाहलाई अझ प्रगाढ बनाउने बताए ।
भेटमा नेपालको संसदीय प्रतिनिधि मण्डलका सदस्य साथै चीनको सांघाईका नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका सदस्य, राष्ट्रिय जनकांग्रेसको विदेश मामिला समितिका उपाध्यक्ष तथा राष्ट्रिय जनकांग्रेसको चीन–नेपाल मैत्री समूहका उपप्रमुख वाङ के र सांघाई म्युनिसिपल पिपुल्स कंग्रेसको स्थायी समितिका महासचिव सी जियाङगाङ लगायत सहभागी थिए ।
अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधि मण्डलले सांघाईमा साईयाक भोल्क्स्वाजेन न्यु इनर्जी उद्योग, सांघाई ग्रामिण योजना प्रर्दशनी केन्द्र, चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन केन्द्र, लगायतका स्थलहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
अध्यक्ष तिमिल्सिनाले यसअघि भ्रमणका क्रममा चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजी, चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हुनिङसँग भेट र द्विपक्षीय वार्ता गरेका थिए ।
वार्ताका क्रममा चीनको छेन्दुबाट पोखरासम्म सिधा हवाइ उडान सुरु गर्ने विषय प्रमुखता पाएको थियो । अध्यक्ष तिमिल्सिनासहितको ९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल बिहीबार तिब्बततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार