जर्मनीले नेपाली कामदार लैजाने, तलब-सुविधा जर्मनसरह हुने
नेपालबहस संवाददाता
जेठ ३१, २०८० बुधबार १५:५९:५३
३१ जेठ, काठमाडौं । जर्मनीले विभिन्न क्षेत्रमा नेपाली कामदार माग गरेको छ । मुख्यगरी उत्पादन क्षेत्रमा नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको छ ।
सरकारले जर्मनीको प्रस्ताव स्वीकार गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्झौता मस्यौदा तयारीको काम अगाडि बढाएको छ ।
मस्यौदा मन्त्रिपरिषदबाट पारित भएपछि दुई देशबीच सम्झौता हुने जनाइएको छ । जर्मनीबाट विभिन्न क्षेत्रका लागि नेपाली कामदार माग भइआएको र यसबारे आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम मन्त्रालयका सह–सचिव राजिव पोखरेलले बताए । कामदार लगेर ट्रेनिङ दिने र लगत्तै काममा लगाउने गरी माग आएको उनले बताए ।
जर्मनले लैजाने नेपाली कामदारलाई जर्मन कामदार सरह तलब तथा सेवा–सुविधा उपलब्ध गराउनुपर्ने प्रस्ताव नेपालको तर्फबाट गरिएको छ । जर्मनी युरोपियन मुलुकभित्र विकसित राष्ट्रको सूचीमा पर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार