मुख्यसचिवबाट राजीनामा गराएर शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार ११:२:३५
३२ जेठ, काठमाडौं । सरकारले यसअघि मुख्यसचिव रहेका शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारमा नियुक्त गरेको छ । बैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्ति गर्नुअघि उनी नेपाल सरकारकाे मुख्यसचिव थिए ।
३ महिनापछि अवकाश पाउन लागेका बैरागीलाई मुख्यसचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारमा नियुक्त गरिएको हो ।
वैरागी पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत बनेका छन् । अन्य मुलुकमा राष्ट्रिय सुरक्षा सल्लाहकार हुने गरे पनि नेपालमा भने राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ ।
त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिवको जिम्मेवारीमा हुन्छन् । त्यस्तै परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।
मन्त्रिपरिषद बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले वैकुण्ठ अर्याललाई मुख्य सचिव र बैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैरागीले सल्लाहकारका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथसमेत लिइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
लोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार