फिलिपिन्समा शक्तिशाली भूकम्प, मैत्रीपूर्ण खेल खेल्न गएको नेपाली टोली सुरक्षित
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १३:३५:३१
३२ जेठ, काठमाडौं । मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि नेपाली टोली यतिबेला फिलिपिन्समा छ । फिलिपिन्समा बिहीबार ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी मनिलासहित ग्रामिण क्षेत्रमा क्षति पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यामहरुले जनाएका छन् ।
त्यहाँ रहेको नेपाली राष्ट्रिय टिम सुरक्षित रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । भूकम्पमा नेपाली खेलाडी परेका छैनन् ।
नेपाली राष्ट्रिय फुटबल टिमले आज अपराह्न ४ः४५ बजे रियाज मेमेरोरियल रंगशालामा फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका राखिएको थियो । अब खेल हुने नहुने केही बताइएको छैन् ।
रोयटर्सका अनुसार भूकम्पले कति क्षेति पर्याएको छ भन्ने एकिन विवरण आइसकेका छैनन् । राजधानी मनिलाभन्दा १० किलोमिटर टाढा समुद्र रहेको र नजिकैका प्रान्तहरूमा धक्का महसुस गरिएको गरिएको थियो । भूकम्पपछि कुनै ठूलो क्षतिको एकिन भइनसकेको समाचारमा जनाइएको छ ।
साफ च्याम्पियनसिपको तयारी र मैत्रीपूर्ण खेलका लागि नेपाली टिम यही जेठ २९ गते फिलिपिन्स गएको थियो । फिलिपिन्समा एउटा मैत्रीपूर्ण खेलपछि नेपाली टिम भारतमा हुने च्याम्पियनसिपका लागि प्रस्थान गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार