काेशी प्रदेश प्रमुखद्वारा बजेट अध्यादेश जारी, बजेट आजै
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १३:५८:२५
३२ जेठ, विराटनगर । कोशी प्रदेशमा बजेट अध्यादेश जारी भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार आर्थिक अध्यादेश र विनियोजनसम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार संविधानकाे धारा २०२ काे (१) बमाेजिम प्रदेश प्रमुख खापुङद्वारा ‘काेशी प्रदेश आर्थिक अध्यादेश २०८०’ र ‘काेशी प्रदेश आर्थिक विनियाेजन अध्यादेश २०८०’ जारी गरेका हुन् ।
सोही अध्यादेशमार्फत प्रदेश सरकारले भोलि आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ ।
मुख्यमन्त्री एमालेका हिक्मतकुमार कार्कीको सरकार अल्पमतमा परेपछि अध्यादेशको बलमा बिहीबार नै बजेट ल्याउने तयारीमा सरकार लागेको छ ।
अध्यादेशमार्फत बजेट ल्याउने तयारी भइरहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले बताए । सरकारले हिजै मात्र आगामी आवको वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रम सर्वजनिक गरेलगत्तै गएराति १२ बजेट प्रदेसभाको बजेट अधिवेशन अन्त्य गरेको थियो ।
विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादीले प्रदेश सरकारले संविधान मिचेर नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । अध्यादेशबाट बजेट ल्याइए प्रतिवाद गर्ने बताएका छन् । उनीहरुले मुख्यमन्त्री कार्कीलाई तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार