पहिला गोरखा, डडेल्धुरा र नुवाकोटको बजेट कटौती गर्नुपर्छ : चित्रबहादुर केसी
‘बजेटको ५१ प्रतिशत ३ जनाको भागमा’
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १५:७:४६
३२ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष समेत रहेका सांसद चित्रबहादुर केसीले सरकारले आगामी आवको बजेटमा चरम फक्षपात गरेको बताए । उनले डडेल्धुरा, गोरखा र नुवाकोटका लागि बजेटको पूँजीगततर्फको ५१ प्रतिशत बजेट खन्याएको भन्दै आक्रोश व्यक्त गरे ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजन विधेयकमाथि छलफल गर्दै सांसद केसीले भने, ‘बजेटको ५१ प्रतिशत ३ जनाको भागमा, बाँकी अरु सांसदहरुको क्षेत्रमा बाँडिएको छ । विधेयकमाथि छलफल गर्ने हो भने, गोरखा, डडेल्धुरा र नुवाकोटको बजेट कटौती गरौं । नत्र छलफलका औचित्य छैन ।’
उनले सरकारमा मन्त्री नरहेकै कारण बाग्लुङमा बजेट नपरेको बताए । गोरखा प्रधामन्त्री प्रचण्ड, डडेल्धुरा सरकारका प्रमुख घटक कांग्रेस सभापति शेरबहादुर देउवा र नुवाकोट डा. प्रकाशशरण महतको निर्वाचन क्षेत्र रहेको जिल्ला हुन् ।
उनले मुलुकमा सबैभन्दा बढी बिजोग ज्येष्ठ नागरिकको रहेको बताए । देशभित्र रोजगार नहुँदा छोराछोरी विदेश पलायन भएको र उनीहरु घर फिर्ता भएपनि बाबुआमाको हेरचाह गर्नबारे ध्यान नदिएको बताए । सामाजिक मूल्य मान्यता उनीहरुमा हराउँदै गएको उनको टिप्पणी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार
स्थानिय तहकाे रिक्त ४१ पदका लागि आज निर्वाचन
मंसिर १६, २०८१ आइतबार