संसदमा बिन्दाबासिनीको पहिलो सम्बोधनः ‘सरकार र सदन टाढा छन्, जलन उपचार कोष बनाइयोस्’
नेपालबहस संवाददाता
जेठ ३२, २०८० बिहिबार १६:५१:८
३२ जेठ, काठमाडौं । रास्वपाकी समानुपातिक सांसद बिन्दाबासिनी कंसाकारले सांसद बनेदेखि पहिलो पटक संसद बैठकमा सम्बोधन गरेकी छन् ।
बिहीबार संघीय संसदअन्तर्गत प्रतिनिभिसभाको बैठकमा विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै सांसद कंसाकारले मुलुकमा जलनसम्बन्धी कानूनको अभावमा जलनमा परेका पीडितले सही समयमा उचित उपचार र भरणपोषण पाउन नसकेको बताइन् ।
एसिड प्रहारबाट पीडित सांसद कंसाकारले संसदको यसै अधिवेशनबाट जलनसम्बन्धी कानून बनाउन सांसदहरुसँग भूमिका खेल्न आग्रह गरिन् । हरेक झोल पदार्थ वा वस्तुबाट हुने जलनका कारण दैनिक रुपमा व्यक्तिले भौतिक र मानसिक पीडा व्यहोर्न विवश भइरहेको बताउँदै उनीहरुको उपचार र संरक्षणका लागि जलनसम्बन्धी कानून बनाउनुपर्ने बताए ।
जलन गम्भीर दुर्घटना रहेपनि यसबारे सरकार र सदन (संसद) बेखर रहेको वा उपचार खर्च व्यहोर्नबाट टाढा हुन खोजेको कुराप्रति सदन निष्कर्षमा पुग्नुपर्ने बताइन् ।
उनले यसै अधिवेशनबाट जलन पीडित उपचार कोष स्थानपना गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘जलन दुर्घटना हो, दुर्घटनामा परेका व्यक्तिलाई तुरुन्त पीडा सुरु हुन्छ, उसलाई तुरुन्तै उपचार आवश्यक पर्छ’ उनले भनिन्, ‘यसनिम्ति बिना हिच्किचाहट जलन उपचार कोष स्थापना गरौं ।’
कंसाकार रास्वपाको समानुपातिकतर्फका सांसद ढककुमार श्रेष्ठ घुस काण्डमा निलम्बनमा परेपछि सो स्थानमा केही हप्ता पहिलेमात्र पार्टीको सिफारिसमा नियुक्त भएकी हुन् । आजको सम्बोधन उनको पहिलो सम्बोधन हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमाथि विनियोजन विधेयकबारे बोल्ने क्रममा उनले कोष स्थापनाको विषय उठाएकी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मलेसिया र थाइल्याण्डमा भिषण बाढी, ४ लाख परिवार प्रभावित
मंसिर १६, २०८१ आइतबार
चेतनामूलक कार्यक्रमका साथ विश्व एड्स दिवस मनाइँदै
मंसिर १६, २०८१ आइतबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १६, २०८१ आइतबार
आज उपनिर्वाचनः मतदान केन्द्रमा के गर्न हुन्छ, के गर्नु हुदैँन, जानिराखौं !!!
मंसिर १६, २०८१ आइतबार
आजको मौसमः चक्रवात ‘फेनजल’को आंशिक प्रभाव
मंसिर १६, २०८१ आइतबार
जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन
मंसिर १६, २०८१ आइतबार