मेयर बालेनलाई उड्डयन प्राधिकरणको स्पष्टीकरण पत्रः ‘तपाईँलाई सजाय किन गर्ने ?’
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १६:२७:१८
१ असार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई ७ दिने स्पष्टीकरण सोधेको छ ।
उड्डयन प्राधिकरणले विमानस्थलको क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण रोक्न निर्देशन दिएको र सुरक्षाका लागि लगाइएको तारबार काटेर लगेको भन्दै त्यसमा संलग्न भए नभएकाबारे शुक्रबार स्पष्टीकरण माग गरेको हो ।
प्राधिकरणले काठमाडौं महानगरपालिका–९ मा रहेको आफ्नो जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको बिहीबार काठमाडौं महानगरको नगर प्रहरीको टोलीले निर्माण रोकेको थियो । महानगर प्रहरीको टोलीले प्राधिकरणले सुरक्षाका लागि लगाएको तार काटेर हटाएको थियो ।
प्राधिकरणले निर्माण रोक्नुअघि महानगरले कुनै जानकारीसमेत नदिएको र कर्मचारीले काम नरोक्न आग्रह गर्दा लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्न भनिएको व्यहोरा स्पष्टीकरण पत्रमा उल्लेख छ ।
साहले नेपाल नागरिक उड्डयन प्राधिरकण ऐनको दफा ७ को कसुर गरेको प्राधिकरणले दाबी गरेको छ । ‘नेपाल नागरिक उड्डयन प्राधिरकण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ?’ पत्रमा भनिएको छ ।
प्राधिकरणले महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई पनि स्पष्टीकरण सोधेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार