पूर्वी क्षेत्रमा बाढीको बितण्डाः दुई जिल्लामा मात्र ५० करोड बढीको क्षति, ताप्लेजुङसँग यातायात सम्बन्ध विच्छेद
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १२:४५:१६
३ असार, काठमाडौं । शनििबार रातिको बाढीपहिरोका कारण ताप्लेजुङ र पाँचथरमा मात्रै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै मातहत पर्ने ५० करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण आएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा जरुरी सार्वजनिक महत्वका विषयमा बोल्ने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बाढीले पुर्याएको क्षतिबारे यसबारे जानकारी दिएका हुन् ।
‘ताप्लेजुङ र पाँचथरमा बाढीले ठूलो क्षति भएको छ । हेवा खोलामा रहेको मोटरेबल पुग बगाउँदा ताप्लेजुङ र पाँचथर जिल्लासँग सम्बन्ध विच्छदेको अवस्था रहेको मन्त्री ज्वालाले जानकारी दिए । १४ जिल्लामा बाढी र पहिरोको गम्भीर प्रभाव परेको उनले बताए ।
‘पूर्वी नेपालमा गएराति परेको अवरिल वर्षाले कपितय पुल र बेलिब्रिज क्षति भएका छन्, बगेका छन्। मेची राजमार्ग र तमोर करिडोर पनि रोकिएको छ’, उनले भने, ‘प्रभावित क्षेत्रमा राहत र सहयोगका लागि तीव्र रुपमा काम भएको छ । खोज उद्धार र राहतका काममा टोली लागिरहनु भएको छ।’
पहिराे र बाढीले पाेल भत्काउँदा बिजुली लाइन बन्द हुँदा पाँचथर सञ्चार सेवा बन्द भएकाे छ । ‘तमोर करिडोरको बेलिब्रिज पनि बगाएपछि ताप्लेजुङ पूरै यातायातबाट सम्पर्कविहीन भएको छ। विद्युत् लाइन पनि त्यहाँ टुटेको छ। हेवा खोलाको ५६ मिटर लामो पुल बगाउँदा यातायात ठप्प छ’ मन्त्री ज्वालाले भने, ‘तमोरस्थित हेवा खोलाको ४५ मिटर लामो बेलिब्रिज भत्किएको छ । मेची राजमार्गको फाल्गुन्द गाउँपालिकाको पांग्रेभीरमा सडक अवरुद्ध भएको छ । फालेलु ३ मत्सेबुङको मोटरेबल पुल बगेको छ ।’
उनले पाँचथरको फिदिम र याम्फुदिन जोड्ने पुल पनि बगाएको जानकारी दिए । ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकै क्षति करिब ५० करोड रुपैयाँबराबरको क्षति पुगेके उनले बताए । हेवा खोला पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माणको काम सुरु भइसकेको र १० दिनभित्र सम्पन्न गर्ने आश्वसन दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री, अधिकतम २३ डिग्रीसम्म पुग्ने
मंसिर ८, २०८१ शनिबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ६, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार