विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालको पहिले ब्याटिङ
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १२:५३:४१
३ असार, काठमाडौं । नेपालले विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा ब्याटिङ गर्ने भएको छ । घरेलु टोली जिम्बाब्वेले हरारे स्पोर्टस क्लबमा टस जितेपछि नेपाललाई पहिला ब्याटिङका लागि बोलाएको हो ।
आजको खेलमा नेपालले स्पिनर ललित राजवंशीलाई बाहिर राखेर तीन मध्यम गतिका बलरहरुलाई खेलाउने निर्णय गरेको छ । रोहित पौडेलको कप्तानीमा रहने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा र सन्दीप लामिछाने छन् ।
ललितसँगै ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, किशोर महतो र प्रतिस जिसी बेन्चमा रहेका छन् । नेपालले पहिलो पटक टेस्ट खेल्ने राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरिरहेको हो । विश्वकप लिग २ मा तेस्रो स्थानमा रहि नेपाल विश्वकप छनोटक्रममा पुगेको थियो । सोक्रममा नेपालले १२ मध्येको ११ खेल जितेको थियो ।
क्रेग इर्भिनको कप्तानीमा रहने जिम्बाब्वेका टोलीमा जोयलोर्ड, गुम्बी, वेलिङटन मासाकाद्जा, टेन्डेइ चतारा, सिन विलियम्स, सिकन्दर राजा, रायन बर्ल, वेस्ली माधेभेरे, ब्लेसिङ, मुजाराबानी र रिचर्ड नगराभा प्लेयिङ ११ मा खेल्दै छन् ।
यसै वर्ष अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपका लागि छनोटको आधार रहेको प्रतियोगितामा नेपाल समावेश समूह ‘ए’ मा दुई टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बाब्वेसहित नेदरल्यान्ड्स र अमेरिका रहेको छ । त्यस्तै समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् ।
समूहका शीर्ष ३ टोली सुपर लिगमा पुग्ने छन् र त्यसबाट शीर्ष दुई टोली फाइनल पुग्दै भारतमा हुने विश्वकपका लागि छानिने छन् । समूह ‘ए’ का खेलहरु हरारे र समूह ‘बी’ का खेलहरू बुलावायोमा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार