शेयरबजार ५२ अंकले वृद्धि, आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट
नेपालबहस संवाददाता
असार ३, २०८० आइतबार १५:४७:४६
३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अंकले बढेर दुई हजार ९४ दशमलव ३३ को बिन्दुमा पुगेको हो ।आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक प्रभाव परेकाे छ ।
नेप्सेका अनुसार आज विभिन्न दुई सय ८० कम्पनीका एक करोड २० लाख ९५ हजार नौ सय ६६ कित्ता शेयर रू चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार १६ मा खरिदबिक्री भएका छन् ।
आइतबार बैंकिङ समूह तीन दशमलव ५५ अंकले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचकमा छ सय ९४ दशमलव १४ र निर्जीबन बीमा समूहको उपसूचकमा पाँच सय दशमलव ३० अंकको वृद्धि देखिएको छ ।
विकास बैंक ५० दशमलव १२, वित्त ३५ दशमलव ७७, होटल तथा पर्यटन दुइ सय ९४ दशमलव ४०, जलविद्युत् एक सय दुइ दशमलव ०१, लगानी एक दशमलव ०४ र उत्पादन तथा प्रशोधन समूह एक सय ४२ दशमलव ०१ अंकले बढेको छ । त्यस्तै, लघुवित्त समूहको उपसूचक एक सय तीन दशमलव ५२, म्युचुअल फन्ड शून्य दशमलव १२, व्यापार ८७ दशमलव ०८ र अन्य समूह ८६ दशमलव ३० अंकले बढेको छ ।
आजको कारोबारामा २८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै गिरावट देखिँदा छवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रीन भेञ्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
सबैभन्दा धेरै गुमाउनेमा भने शुभम् पावर लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ३६ करोड ६४ लाख ९९ हजार एक सय ५८ बराबरको छ लाख ४९ हजार ६ सय पाँच कित्ता शेयर खरिद बिक्री भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
राजदूत सोङ ड्रागनको सिङमा पेन्ट गर्दै
पुष १४, २०८१ आइतबार
लक्ष्मी चण्डी मुरारका विद्यार्थी आन्दोलित
पुष १४, २०८१ आइतबार
अदुवा प्रशोधन गर्नका लागि तयारी थाल्दै
पुष १४, २०८१ आइतबार
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चरा ठोक्कियो, साँगामा आकस्मिक अवतरण
पुष १४, २०८१ आइतबार
आन्तरिक तथा बाह्य पर्यटक बोट रेस हेर्दै
पुष १४, २०८१ आइतबार
सभामुखद्वारा झापाका हर्कराज राईलाई प्रतिनिधि सभाको सचिवमा सिफारिस
पुष १४, २०८१ आइतबार