नेपाली उत्पादनले माग धान्ने सिजनमै भारतबाट निर्वाध भित्रियो ५८ करोडको गोलभेँडा
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १४:२७:०
४ असार, काठमाडौं । गोलभेँडा, भान्सामा कहिल्यै नछुट्ने चीज हो । हरेक तरकारी, माछा मासु, गेडागुडी पकाउँदा गोलभेँडा अनिवार्य नै मानिन्छ । यति मात्र होइन गोलभेँडालाई अचारको रुपमा पनि प्रयोग गरिन्छ । गोलभेँडाको अचारको स्वाद मन नपराउने सायद कमै होलान् ।
तरकारीमा गोलभेँडा मिसाउँदा रंग र स्वाद त राम्रो बनाउँछ नै यसमा पाइने पौष्टिक तत्वले स्वास्थ्यलाई पनि धेरै फाइदा गर्छ । तरकारी धेरै प्रयोग हुने गोलभेँडा भिटामिनको राम्रो स्रोत मानिन्छ । यसमा भिटामिन डी, पोटासियम, फोस्फोरस, म्याग्नेसियम, फाइबर, प्रोट्रिन इत्यादि पाइन्छ । साथै न्यून क्यालोरी पाइन्छ । गोलभेँडा खाँदा शरीरको पानीको मात्रा पनि बढ्छ ।
गोलभेँडा तरकारीमा हालेर हामी सबैले खाएकै र खाँदै आएका छौँ । तर यसलाई सलादको रुपमा खाने गरे शरीरलाई अझ बढी फाइदा पुर्याउँछ । पकाएर खाँदा यसमा भएका केही तत्व खेर जान्छन् । तर काँचो गोलभेँडा खाँदा आफैंले उब्जाएको खानु राम्रो हुन्छ, बजारमा पाइने गोलभेँडामा विषादी प्रयोग भएको हुन्छ । बजारमा पाइने गोलभेँडा भने पकाएर मात्रै खाँदा उपयुक्त हुन्छ ।
गोलभेँडामा हुने रातो भागामा लाइकोपेनी नामक तत्व हुन्छ । त्यसले आँखा तेजिलो बनाउन, छाला चमक बढाउन सहयोग गर्छ । साथै अनुहारमा चाउरीपन हुनबाट जोगाउँछ । पछिल्लो समय यसलाई विभिन्न कस्मेटिक्स प्रयोजनको लागि पनि प्रयोग गर्ने गरिन्छ । गोलभेंडामा धेरै मात्रामा अम्लीय हुन्छ, जसले एसिडिटी बढाउन सक्छ । यस्तै अधिक सेवनले छातीमा जलन हुने, मिर्गौलाको पत्थरी समेत हुने जोखिम हुन्छ । दम, बाथ र गोलभेंडाको एलर्जी भएका मानिसले यसलाई नखाँदा उचित हुन्छ ।
सबै तरकारीसँग प्रिय सम्बन्ध रहेको गोलभेडा चालू आर्थिक वर्ष २०७९÷८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रूपैयाँको आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेँडा आयात भएको हो । तरकारीका साथै अचार प्रयोजनका लागी भनेर यस अवधिमा ३ करोड १० लाख किलोग्राम गोलभेँडा भित्रिएको विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकमा उल्लेख छ ।
नेपाली उत्पादनले सम्पूर्ण देशको माग नै धान्ने समयमा समेत भारतबाट निर्वाध गोलभेँडा भित्रिरहेको छ । जेठ, असार र साउन महिना नेपालमै गोलभेँडा उत्पादनको सिजन मानिन्छ । तर, यस अवधिमा भारतबाट गोलभेँडा निर्वाध रुपमा आउँदा स्वदेशी उत्पादनले बजार पाइरहेको छैन तर सम्बन्धित निकाय मौन रहेको छ । हाल किसानले उत्पादन गरिरहेको टनेलको गोलभेँडाको मूल्य प्रतिकिलो २ रूपैयाँ समेत पाइरहेका छैनन् । यो गोलभेँडाको थोक मूल्य प्रतिकिलो ८ रूपैयाँ छ भने उपभोक्ताले ४० रूपैयाँसम्म तिरिरहेका छन् ।
आइतबार मात्र पनि कालिकाटी तरकारी बजारमा गोलभेँडाले उचित मूल्य नपाएको भन्दै सडकमा ३० हजार गोलभेडा फ्यालिएको थियो । एक थरिले कालीमाटीको सडकमा यसरी गोलभेँडा फाल्नुमा थोक व्यापारीको संलग्नता देखिएको बताएका छन् । बजारमा आपूर्ति अत्यधिक भएको देखाएर किसानसँग थप सस्तोमा लिने र उपभोक्ता मूल्य बढाउने उनीहरूको योजना अनुसार गोलभेँडा नष्ट गरिएको स्रोतले नेपालबहसलाई बताएको छ ।
विकास समितिले गरेको प्रारम्भिक अध्ययनका अनुसार बढीमा २०० क्रेट गोलभेँडा सडकमा फ्याँकेको देखिएको छ । समितिले सीसीटीभी फुटेजको आधारमा गरेको विश्लेषण अनुसार बाहिर गेटमा ६० क्रेट, परिसरभित्र दुई ठाउँमा गरेर १४० क्रेट गरी कुल २०० क्रेट हाराहारी गोलभेँडा फ्याँकिएको छ ।
सरकारी अधिकारीहरू भने आइतबार कालीमाटीमा गोलभेँडा फ्याँकिएको समयलाई लिएर सशंकित छन् । बजार खुलेको ४ घण्टासम्म बिक्री गरेका व्यापारीहरूले ७ बजेतिर गोलभेँडा फ्याँकेका थिए । गोलभेँडा फ्याँक्नेहरू कालीमाटीमा पसल तथा गोदाम गरेका र आफ्नै कृषि फार्म भएकाहरू देखिएका समितिको प्रारम्भिक अध्ययन टोलीले जनाएको छ ।
बजारमा शनिबार बिहानदेखि गए रातीको १२ बजेसम्म ९५ हजार किलो गोलभेँडा भित्रिएको थियो । शनिबार दिनभर र आइतबार बिहानको थोक बिक्रीपछि बचेको गोलभेँडा फ्याँकिएको हुनसक्ने बताइएको छ । व्यापारीले थाेक बजार मूल्य बढाउन सरकार मातहतको समितिलाई दबाब दिन सडकमा गोलभेँडा फालेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार