अदालत परिसरबाट हटाइएका उपप्राध्यापक प्रेम चलाउनेले थाले त्रिविमा आमरण अनसन
नेपालबहस संवाददाता
असार ४, २०८० सोमबार १८:४४:५०
४ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउन विश्वविद्यालयको भीसी कार्यालय अगाडि आमरण अनसन सुरु गरेका छन् । सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतको मुख्य द्वारमा सुरु गरेका उनलाई प्रहरीले पक्राउ गरेर हटाएपछि उनले त्रिविको भिसी कार्यालय परिसरमा आमरण अनसन केही बेरअगाडि सुरु गरेका हुन् ।
उनीमाथि २०७७ मा त्रिवि कार्यालयमै मरणासन्न हुने गरी आक्रमण गर्ने नेविसंघका विद्यार्थीहरुको मुद्दालाई सरकारले फिर्ता लिने निर्णय गरेपछि फिर्ता नगर्न माग गर्दै आमरण अनसन सुरु गरेका हुन् ।
उनले मुलुकमा न्याय मरेको भन्दै कानून, न्याय र मानवअधिकारको रक्षाका लागि शान्तिपूर्ण आन्दोलनको बाटो अनसन राजेको बताएका छन् । मुद्दामा अन्तिम सुनुवाइका लागि भोलि मंगलबारका लागि काठमाडौं जिल्ला अदालतमा पेसी तोकिएको छ ।
२० असोज २०७७ मा नेविसंघका त्रिवि जिल्ला अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायतको समूहले उनीमाथि आक्रमण गरेको थियो । बेहास् अवस्थामा त्रिविभित्रै फेला पारी उद्धार गरी उनको स्वास्थ्योपचार गराइएको थियो । त्यसपछि उनले किटानी जाहेरी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
मुम्बईमाथि कोलकोता २४ रनले विजयी
बैशाख २२, २०८१ शनिबार
आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
बैशाख २२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २२, २०८१ शनिबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार