बृहत नागरिक आन्दोलनको ब्यानरमा जिल्ला अदालत बाहिर प्रदर्शन गर्ने प्रर्दशनकारी पक्राउ
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार ११:५६:२२
५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरूद्ध जिल्ला अदालत, काठमाडौं बाहिर प्रदर्शन गरेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने ?’, ‘जस्टिस फर प्रेम चलाउने’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ । बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी थिए ।
विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ । उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेवि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।
आमरण अनशनरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन र उनको मागमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनहरू सुरु भएको थियो । मंगलबार बिहान बृहत् नागरिक आन्दोलनले काठमाडौं जिल्ला अदालत परिसर अगाडि बबरमहल र प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रदर्शन गरेका थिए । अदालत परिसरका प्रर्दशनकारी पक्राउ परेका हुन् ।
चलाउनेलाई २०७७ असोज २० गते सांघातिक हमला गर्ने ‘गुन्डा’हरूलाई मन्त्रिपरिषदको बैठकले उन्मुक्ति दिने निर्णय गरेमा त्यसको विरोधमा प्रदर्शन गरिएको नागरिक आन्दोलनले जनाएको छ । विश्वविद्यालयलाई हिंसारहित बनाउन र पीडित चलाउनेलाई न्याय दिलाउन नागरिक आन्दोलनका अभियन्ताहरू अदालत परिसरमा जुटेका थिए ।
त्यस्तै प्रगतिशील प्राध्यापक संगठनले त्रिविको उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेको प्राध्यापक रमेश भट्टराईले जनाकारी दिए । सोही स्थानमा सोमबार साँझदेखि चलाउनेले अनशन सुरु गरेका छन् ।
चलाउनेलाई न्याय दिन र उनको मागमा ऐक्यबद्धता जनाउन प्रदर्शन गरिएको भट्टराईले बताए । सरकारले मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि चलाउने सोमबार अदालत पुग्दा प्रहरी नियन्त्रणमा लिएर ४ घण्टापछि छाडेको थियो । त्यसपछि उनी अनशन बस्नका लागि कीर्तिपुर पुगेका हुन् । तीन वर्षअघि आफ्नो ज्यान लिने उद्देश्यले भएको घटनाका अभियुक्तलाई उम्काउने गरी सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको उनको भनाइ छ । उनीमाथि नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिवि परिषदको नेपाल बैंक अगाडि सांघातिक हमाल गरेर घाइते पारेका थिए ।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेलाई नेविसंघ कार्यकर्ता हरि आचार्य र योगेन्द्र रावललगायतले आक्रमण गरेको आरोप छ । दीपकराज ओझा, रुपेश साह, रवीनकुमार लामा, सयुज श्रेष्ठ र नीरज राना मगर आक्रमणमा सहभागी थिए । आचार्य र रावलले आक्रमणको योजना बनाएको र त्यसको कार्यान्वयन गर्न अन्य आरोपित संलग्न रहेको प्रहरी अनुसन्धानमा भेटिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार