नेप्सेमा दोहोरो अंकको गिरावट, चार अर्ब ११ करोड कारोबार
नेपालबहस संवाददाता
असार ५, २०८० मंगलबार १६:२९:१३
५ असार, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलब ५६ अंकले ओरालो लागेर दुई हजार ६४ दशमलब ८३ मा सीमित भएको छ ।
यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ३६ अंकले ओरालो लागेर तीन सय ८८ दशमलब शुन्य दुईमा सीमित भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल एक करोड सात लाख ९२ हजार सात सय ४२ कित्ता शेयर चार अर्ब ११ करोड छ लाख छ हजार नौ सय ५३ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ ।
सो बैंकको रु २० करोड ५७ लाख ५३ हजार नौ सय ६१ बराबरको कारोबार भयो । यस्तै, शिवम् सिमेन्ट रु १९ करोड ४४ लाख २७ हजार तीन सय २१, हिमालयन डिस्टिलरी रु १३ करोड ५९ लाख ८८ हजार तीन सय ७८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १२ करोड ६० लाख ६९ हजार एक सय ८६ र शिव श्री हाइड्रोपावर रु ११ करोड ५७ लाख दुई हजार दुई सय ३३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार, सिटी होटल र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । त्यस्तै, इन्ग्वा हाइड्रोपावर नौ दशमलब ९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो तीन दशमलब ८७ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले तीन दशमलब ८४ प्रतिशतले कमाएका छन् ।
यस्तै, युनिक नेपाल लघुवित्त नौ दशमलब ९९, सानिमा इक्विटी फण्ड आठ दशमलब ८९, माहुली लघुवित्त सात दशमलब ४८,मल्टिप्रपोज फाइनान्स छ दशमलब ३० र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले छ दशमलब शून्य एक प्रतिशतले गुमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार