आईजीपीलाई छलेर एआईजीको दरबन्दी थप गर्न डीआईजीको कसरत
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार ११:२५:२८
६ असार, काठमाडौं । अर्थ मन्त्रालयले सुरक्षा निकायमा बजेट बढाए लगत्तै सशस्त्र प्रहरीभित्र नयाँ दरबन्दी थप गर्ने क्रममा आ–आफ्नै लविङ शुरु भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षामा खटिनका लागि दरबन्दी अभाव रहेको बताउँदै अर्थ मन्त्रालयबाट स्वीकृत गराएर १० हजार दरबन्दी थप गर्नुपर्ने भन्दै गृहमा प्रस्ताव पठाएको र त्यसमा उपरी संरचना अन्तर्गत एक एआईजी र दुई डीआईजी थप गर्ने गरी आ–आफ्नै लविङ शुरु भएको हो ।
अघिल्लो सरकारको पालाका स्वीकृत भएको ४ हजार थप दरबन्दी भने सशस्त्रलाई प्राप्त भइसकेको छ र त्यसमा पनि व्यक्ति केन्द्रीत दरबन्दी थप गर्न गृहमन्त्री समक्ष लविङ शुरु भइरहेको स्रोतको दावी छ ।आईजीपी राजु अर्यालले प्रहरी निरीक्षकहरूको वृत्ति विकासका लागि सो दरबन्दीलाई प्रयोग गर्न खोजेपनि इन्जिनियर किशोर प्रधानले त्यही दरबन्दीलाई देखाएर आफ्ना लागि एआईजीको एक दरबन्दी थप गर्न लविङ गरिरहेका छन् । ‘ १५ वर्षदेखि बढुवा हुन नसकेका इन्स्पेक्टर र तल्लो तहका सिपाहीको दरबन्दी काटेरै भए पनि एक एआईजी, दुई डीआईजी, ६ एसएसपी थप्न लविङ भैरहेको छ’, स्रोतले भन्यो ।
इन्जिनियर किशोर प्रधानका लागि एआईजी र भानु देउवाका बहिनी ज्वाइँ दीपेन्द्र कुँवरको निम्ति डीआईजी थप गर्न लागिएको पनि स्रोतले जनाएको छ । एसपी विकास घिमिरेलाई बढुवा गर्न एसएसपीको दरबन्दी थप गर्न लागिएको स्रोतको दावी छ । एसपीबाट एसएसपीहरुमा तेजप्रसाद पोखरेल, गंगाराम श्रेष्ठ, राजेश उप्रेती, धु्रव कार्की, तीर्थ पौडेल, भरत खनियाँ, सूर्यसेन ओली, टोपबहादुर खनालसहितका छन् । उपल्लो तहमा १ सय ७५ थप दरबन्दी स्वीकृत गराइएको छ । यसरी एसपीमा ५५ जनासम्मले फुली थप्न सक्छन् ।
अहिले सशस्त्र मुख्यालयको एउटै कोठामा तीन जनासम्म एसपीहरु बसिरहेका छन् । कार्य, सीमा सुरक्षा, मानवस्रोत तिर छिर्दा त्यस्तो देखिन्छ । नेपाल प्रहरीको तराईका जिल्लामा बढीमा दुई डीएसपी हुन्छन् ।सशस्त्रमा भने पाँच–सात जना डीएसपी कामविहिन भएका छन् । सशस्त्र प्रहरीले सीमा सुरक्षामा पछिल्लो पटक दरबन्दी कम भएको भन्दै थप्न सरकारसँग माग गरेको थियो । सरकारले पनि यो विषयमा सकारात्मक सिंग्नल दिइसकेको छ ।
सशस्त्र प्रहरीमा दरबन्दीकै विषयमा आईजीपीलाई छलेर आफ्नो तर्फबाट लविङ गरिरहेका प्रधानलाई सशस्त्र मुख्यालयले निगरानी गरिरहेको छ । ‘उहाँले आफ्नो हित हेर्न थाल्नु भयो, सशस्त्रमा आफ्नो करियर बनाउन आएकालाई लात हान्न खोज्नु भयो, एउटै पदमा १५ वर्षदेखि काम गरिरहेकाहरु अहिले पनि बढुवा हुने अवस्था छैन’, सशस्त्र प्रहरी मुख्यालयले भन्यो । प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरेका प्रधान २०५९ सालमा प्रहरी नायव उपरीक्षक (डीएसपी) भएका थिए । उनले डीएसपी हुँदा पोखरा बाहिनी र अधिकांश समय हेडक्वाटरमा बिताएका थिए ।
द्वन्दकालमा हेडक्वार्टरमा बसेका उनी २०६३ सालपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भएपछि मोरङ, नवलपरासीका सीमा सुरक्षा कार्यालय, ललितपुर, दक्षिणकाली गण र विशेष कार्यदल गण काठमाडौंको कमाण्ड सम्हाल्ने भाग्यमानी डीआईजीमा पर्छन ।
२०७१ सालमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भएका प्रधान २०७६ साल माघ २२ गते सशस्त्र प्रहरी बलको नायव महानिरीक्षक (डीआईजी) भएका थिए । डीआईजी हुँदा राष्ट्रिय सुरक्षा परिषद र हाल चद्रौटा कपिलवस्तु नेपाल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयको प्रमुख सम्हालेर उनी एआईजीको लविङमा लागेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार