वाणिज्य बैंकमा एकैदिन ६ अर्ब निक्षेप थप, मुख्य कारण न्यून कर्जा प्रवाह
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार ११:५४:३२
६ असार, काठमाडौं । वाणिज्य बैंकहरुमा पछिल्लो एक दिनमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यही असा र ३ गते एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप थप भएको हो । असार २ गते वाणिज्य बैंकहरुमा ४९ खर्ब ११ अर्ब रहेको निक्षेप एकैदिन ६ अर्बले बढेर ४९ खर्ब १७ अर्ब पुगेको हो ।
योसँगै असार ३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थामा कुल ५५ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । जसमध्ये ४९ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप वाणिज्य बैंकमा रहेको छ ।
कर्जा प्रवाह न्यून हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा निरन्तर निक्षेप थपिँदै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाले पछिल्लो चरणमा दैनिक १ अर्ब रुपैयाँ पनि कर्जा प्रवाह गर्न सकेका छैनन् ।
कर्जा ब्याज दर महंगो भएको जनाउँदै लगानीकर्ताहरु ऋण लिनबाट पछि हटेका हुन् । अर्थ मन्त्रालयलाई ब्याजदर कम गर्न दबाब पनि बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८३.८८ प्रतिशतमा पुगेको छ भने अन्तर बैंक सापटीको ब्याजदर ४.५१ प्रतिशतमा झरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार