ट्रेड युनियन कांग्रेसको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता, अध्यक्षका लागि यादव र कुँवर प्रतिस्पर्धामा
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १२:१:२
६ असार, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियनको आगामी कार्यकालका लागि निर्वाचन सुरु भएको छ । यो निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ । आगामी कार्यकालको नेतृत्वका लागि महेन्द्र यादव र योगेन्द्र कुँवर चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष पदमा अन्य स्वतन्त्र उम्मेदवारहरूले पनि मनोनयन दर्ता गएका छन् ।
मंगलबारदेखि सुरु भएको निर्वाचनमा आज उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारको मनोनयन सकिएपछि मतदान पक्रिया सुरु गर्ने तयारी भइरहेको छ । निर्वाचन समितिले दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने जनाएपनि अपरान्ह ४ बजेपछि मात्रै मतदान सुरु हुनसक्ने बताइएको छ ।
मनोनयन दर्ता ढिला भएकाले मतपत्र नछापिएको र मतपत्र छाप्न समय लाग्ने भएकाले ढिलो गरी मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ । अहिले मतपत्र छाप्ने काम भइरहेको छ । दुई प्यानलमा विभाजित उम्मेदवारहरू मनोनयन दर्ता पछि आफ्नो पक्षमा मत मागिरहेका छन् ।
अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका महेन्द्र यादव संस्थापन इतर समूहका उम्मेदवार हुन भने भोगेन्द्र कुँवर संस्थापन पक्षबाट उम्मेदवार बनेका छन् । कुँवर यसअघि संस्थापन इतर समूहमा थिए । उनले गएको निर्वाचनमा इतर समूहबाट चुनाव जितेका थिए । अन्तिम समयमा आएर उनी संस्थापन समूहमा गएका हुन् ।
संस्थापन पक्षबाट अध्यक्ष पदका लागि गतिलो उम्मेदवार नै नभएर कुँवरलाई अध्यक्षको उम्मेदवार बन्न आग्रह गरेपछि उनी संस्थापन समूहमा गएका हुन् । अहिले समूह छोडेर गएको भन्दै कुँवरको आलोचना भइरहेको छ । मतदताहरुले नै कुँवरको आलोचना गरिरहेकाले अध्यक्ष पदमा महेन्द्र यादवकै प्यानलको पल्ला भारी हुने देखिएको छ । निर्वाचन कमलादी स्थित प्रज्ञा भवनमा जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार