नागरिकता पीडितमाथि दमन रोक्न संसदमा उठ्यो आवाज
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १२:४३:२३
६ असार, काठमाडौं । नागरिकता पीडितमाथिको दमन रोक्न संसदमा आवाज उठेको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभाको आइतबार जारी बैठकमा शून्य समयमा बोल्दै नागरिकताका लागि माइतीघर मण्डलामा नागरिकता पाउनुपर्ने शान्तिपूर्ण आवाजसहित धर्ना बसिरहेका सयौं युवाहरुमाथि सरकारले प्रहरी लगाएर दमन गरेको भन्दै आपत्ति जनाएका छन् ।
दमन रोक्न उनले सरकारको ध्यानाकर्षण गराए । आज पनि युवा युवतीहरु धर्नामा बसिरहेका छन् । उनीहरु बुधबार पनि बिहानैदेखि बसेका हुन् । सडकमै खाना खाजा खाएर धर्नामा छन् ।
धर्नाका क्रममा मंगलबार दिउँसो मण्डलामा रहेका धर्नाकारीमाथि बल प्रयोग गरी धरपकड चलाएको थियो । धरपकडका क्रममा दर्जन भन्दा बढी धर्नाकारीहरु घाइते भएका थिए ।
सांसद सिंहले अदालतले पनि नागरिकता मुद्दालाई छाँडो टुंग्याउन आग्रह गरे । ‘रबि लामिछानेको मुद्दा एक दिनमै टुंग्याउने न्यायालय नागरिकता पीडितहरुको हकमा किन मौन ?’ सांसद सिंहले प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार