चीनले भन्यो- ‘पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेकाे हाे’
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १३:३४:३७
६ असार, काठमाडौं । चीनले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चीनको बीआरआई परियोजनाअन्तर्गत बनेको दाबी गरेको छ ।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजनाअन्तर्गत बनेको स्पष्ट पारेका हुन् ।
कार्यक्रममा उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरुले डिजाइन गरेको बताए ।
सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण शुरु भई ६ वर्षमा निर्माण सम्पन्न भई २०२३ को जनवरीमा शुरुवात भएको हो ।
कार्यक्रममा राजदूत सोङले भने, ‘अन्ततः हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौं पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बीआरआई परियोजना अन्तर्गतको हो ।’
विमानस्थल बनाउन सीएएमसीईसँग भ्याटसहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएकोमा निर्माण पूरा गर्ने क्रममा सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको थियो ।
याे विमानस्थलमा पहिलाेपटक अन्तर्राष्ट्रिय उडान चीनले नै गरेकाे छ । बुधबार बिहान साढे ९ बजे चीनकाे सिचुवान एयरलाइन्सकाे हवाइ जहाज १३० यात्रु बाेकेर सकुशल अवतरण गरेकाे छ । साेह जहाजमा चीन भ्रमण सकेर राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाकाे टाेली पनि फिर्ता भएकाे छ ।
जहाजका यात्रुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किरातीले स्वागत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार