उद्योग डुबाएर पदबाट राजीनामा दिएका न्यौपानेको भूत पन्छाएर पुनः सञ्चालनमा आयो उदयपुर सिमेन्ट कारखाना
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १३:४५:१९
६ असार, उदयपुर । महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले पदबाट राजीनामा दिएपछि उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । नाफामा चलिरहेको उद्योग डुबाउन सकिने जति सबै उपाय अवलम्बन गरेर चल्नै नसक्ने अवस्थामा पुर्याएर न्यौपानेले महाप्रबन्धक पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामा दिएपछि उद्योग पुनः सञ्चालनमा आएको हो । नाफामा चलिरहेको उद्योगमा चरम भ्रष्टाचार गरेर चल्ने नसक्ने अवस्थामा पुगेर बन्द भएपछि न्यौपानेले यसै साता पदबाट राजीनामा दिएका थिए ।
उनले पदबाट राजीनामा दिएपछि उदयपुर सिमेन्ट उद्योगमा यति बेला खुसियाली छाएको छ । महाप्रबन्धकमा नियुक्त भएर आएको केही समयदेखि नै न्यौपानेले उद्योग डुबाउने रणनीति लिएका थिए । उनी आएपछि उद्योगमा आर्थिक अनियमितता र कमिसनको खेल सुरु भएको थियो । असीमित भ्रष्टाचार र कमिशनले गर्दा उद्योग बन्द हुने र चल्ने हुन थालेपछि मजदुर संगठन र स्थानीयले विगत ६ महिनादेखि उनलाई हटाउने आन्दोलन सुरु गरेका थिए ।
न्यौपानेले राजीनामा दिएपछि उद्योगमा स्वस्ति शान्ति गरिएको थियो । उद्योग भित्र र महाप्रबन्धकको कोठाबाट भूतप्रेत भगाउने काम गर्नुका साथै मजदुर कर्मचारीले सरसफाइ गरेका थिए । सबै तर्फबाट स्वस्ति शान्ति गरेर आज बुधबारबाट उद्योगलाई पुनः सञ्चालनमा ल्याइएको छ । न्यौपानेले कुनै कर्तुत बाँकी नराखी बन्द गराएको उदयपुर सिमेन्ट उद्योग तीन महिनापछि पुनः संचालन आएको हो ।
अब उद्योगको गुमेको साख फर्काउने गरी काम गर्ने उद्योग सञ्चालक समिति र चार मजदुर संगठनमा आबद्ध मजदुर कर्मचारीले प्रतिबद्धता जनाएका छन् । दुई महिनापछि बुधबार बिहान ७ः५५ बजेको साइतमा क्लिङकर फायरिङ सुरु गरिएको थियो । महाप्रबन्धक पदबाट न्यौपानेले राजीनामा दिएपछि उद्योगबाट ठूलो भूत पन्छिएकाे मजदुरहरूले बताएका छन् ।
गत वर्ष चैत्र २९ गते न्यू आयन सप्लायर्स भैरहवाले सुनसरीको इटहरीबाट ४२ टन कोइलामा दुई ट्रक भुस मिसाएर ल्याएपछि सोही समयदेखि उद्योग बन्द भएको थियो । महाप्रबन्धक न्यौपानले राजीनामा दिएपछि बन्द उद्योग पुनः संचालनमा ल्याइएको उदयपुर सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष केशवकुमार बस्नेतले जानकारी दिए । मंगलबार विधिपूर्वक पुजाआजा गरि बुधबार बिहानको शुभसाइत निकालेर उद्योग संचालनमा ल्याइएको अध्यक्ष बस्नेतले बताए ।
उनका अनुसार यसअघि नै पटक पटक उद्योग संचालन गर्नको लागि पहल गरिए पनि महाप्रबन्धक न्यौपानेले रोकेका थिए । उद्योग सञ्चालनका लागि अहिले करोडौंको दायित्व बढेको अध्यक्ष बस्नेतले बताए । निजी सिमेन्ट उद्योगलाई बढावा दिन र बजारबाट उदयपुर सिमेन्टको गैँडा छाप सिमेन्ट हटाउने उद्देश्यले महाप्रबन्धक न्यौपानेले जानाजानी फायरिङ रोकेको उनले बताए । अध्यक्ष बस्नेतले गुणस्तरहीन कोइला आपूर्ति गर्ने र आफू नभए उद्योग चल्दैन भन्ने भावना राखेर न्यौपानेले काम गरेको बताए ।
सञ्चालक समिति र मजदुर कर्मचारीले उदयपुर सिमेन्ट उद्योगको गैंडा छाप ब्रान्डमा अब पहिलेको जस्तो कमीकमजोरी दोहरिन नदिने प्रतिबद्धता पनि जनाएका छन् । कोइला, जिप्सन, आइरन ओर लगायतका सामानको आपूर्ति गर्दा सामग्रीको मापदण्ड चेकजाँचमा कुनै कसर बाँकी नराख्ने र गुणस्तरयुक्त सिमेन्ट उत्पादन गर्ने अध्यक्ष बस्नेतको भनाइ छ । अबको दिनमा उदयपुरको गैंडा छाप सिमेन्टको गुणस्तरमा कुनै कमी आउन दिने छैनौ, उद्योगको गुमेको साख फर्काउने छौ, अध्यक्ष बस्नेतले भने ।
तत्कालीन महाप्रबन्धक न्यौपानेले जाँदाजाँदै रिजेक्ट कोइलाको पनि भुक्तानी गरेको खुलेको छ । न्यौपाने परिवारको समेत शेयर रहेको बेसलाइन होल्डिग्स प्रा.लि.ले गुणस्तरहिन कोइला आपूर्ति गरे पनि सो कम्पनीलाई ७० लाख भुक्तानी गरेको प्रशासन शाखाले जनाएको छ । कोइलामा कहिले भुस मिसिएको कहिले, माटो मिसिएको लगायत गुणस्तरहिन कोइला आपूर्ति गरेको गुनासोका आधारमा नेपाल गुण नियन्त्रण विभाग काठमाडौंबाट चेकजाँच गर्दा बेललाइन होल्डिङ्गस प्रा.लि.ले आपूर्ति गरेको करिब ४४९ मेट्रिक टन कोइला गुणस्तरहिन भएको प्रमाणित भएको थियो ।
महाप्रबन्धकमा रहँदा न्यौपानले कवाडीमा समेत कमिशन लिने गरेका थिए । उद्योगका लागि आवश्यक सबै कच्चा पदार्थमा उनले ठेकेदारसँग कमिशन लिएको कुरा त्यसबेलै खुलेको थियो । उनले सरकारबाट रकम माग गर्ने तर, उद्योगमा खर्च नगर्ने गरेको पाइएको कर्मचारीको भनाइ छ । उद्योगलाई धरासायी बनाएपछि न्यौपानेलाई बर्खास्त गर्नु पर्ने माग राख्दै मजदुर संगठनका अधिकारीहरूले काठमाडौंमा आएर उद्योग मन्त्रालयमा धर्ना नै दिएका थिए ।
आन्तरिक भ्रष्टाचारले थलिएको उदयपुर सिमेन्ट उद्योगले लामो समय पैसा नतिरेपछि काटिएको बिजुली जडान गर्न उद्योग मन्त्रीले नै हस्तक्षेप गर्नु परेको थियो । तालुक मन्त्रालयले पत्र लेखेपछि उर्जा मन्त्रालयले नै नेपाल विद्युत प्राधिकरणलाई पत्र काटेर उद्योगमा बिजुली सुचारु गरिदिन अनुरोध गर्नु परेको थियो । न्यौपानेले काटिएको बत्ति समेत जोड्न सकेका थिएनन् । उनले राजीनामा दिएपछि अब उद्योग पुनः नाफामा सञ्चालन हुने अपेक्षा गरिएको छ ।
यता न्यौपानेले भने आफूले उद्योगलाई पूर्ण रुपमा सञ्चालन गर्नका लागि तालुकदार मन्त्रालयसँग पटक पटक रकम माग गर्दा वेवास्ता गरिएको र सरकारले नै नाफामा चलाउन सकिने उद्योगलाई रकम नदिएर काम गर्ने वातावरण नदिएको आरोप लगाएका छन् । उनले उद्योग मन्त्रालयलाई दिएको राजीनामा पत्रमा आफूले उद्योगलाई रकम अभावका कारण चलाउन सक्ने अवस्था नआएपछि पदबाट राजीनामा दिएको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
पुस १३ गतेदेखि हेटौँडा सिमेन्ट उद्योगले उत्पादन थाल्ने
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार