हुन्डाईका विद्युतीय गाडी खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १४:४५:२९
६ असार, काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आईओएनआईक्यू ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।
दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि एस्तो योजना ल्याएको जनाएको छ ।
यस योजना अन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ ५ ब्याजदरमा 'पहिलो बर्ष को लागि' हुन्डाइ कोना र आईओएनआईक्यू ५ खरिद गर्न सक्ने हुन्डाइले जनाएको छ । बैंकको ३०१ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने जनाइएको छ ।
हुन्डाइ कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै ईभीले ग्राहकको मन जित्न सफल भएका छन् ।
आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । कोना ३ वटा भेरियन्टमा उपलप्ध छ ।
कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएल ६१ लाख ९६,००० र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । साथै,आईओएनआईक्यू ५ जीएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजारको मूल्यमा उपलब्ध छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य गोदामबाट चामल वितरण सुरु भएसँगै नागरिकलाई सहज
पुष २६, २०८१ शुक्रबार
डल्ले च्याउको मूल्य बढ्दा, सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो
पुष २५, २०८१ बिहिबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार