बालेनको हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध रिट लिएर अदालत पुग्यो चलचित्र संघ, सरकारले पनि देखायो चासो
नेपालबहस संवाददाता
असार ६, २०८० बुधबार १८:१०:१५
६ असार, काठमाडौं । भारतीय फिल्म आदिपुरुषलाई लिएर काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले महानगरभित्र हिन्दी फिल्म चल्न नदिने निर्णयविरुद्ध नेपाल चलचित्र संघ पाटन उच्च अदालत पुगेको छ ।
आदिपुरुषमा जानकी छोरी भारतमा जन्मिएको भन्ने शब्दलाई लिएर प्रमुख शाहले उक्त संवाद नसच्याएसम्म काठमाडौं महानगरमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताएका छन् । जसविरुद्ध बुधबार संघ उच्च अदालत पाटन पुगेको हो ।
संघले दायर गरेको रिट निवेदनमा काठमाडौंका हलमा हिन्दी फिल्म सञ्चालन गर्न दिन अन्तरिम आदेशको माग गरिएको छ । उक्त रिटको पेसी बिहीबारका लागि तोकिएको छ ।
यता, भारतीय चलचित्र ‘आदिपुरुष’मा सीता भारतको छोरी भनिएको भन्दै उक्त संवाद नहटाएसम्म हिन्दी चलचित्र चल्न नदिने मेयर बालेन्द्र शाहको अडानमा सरकारले प्रतिक्रिया जनाएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबैले आफ्नो क्षेत्राधिकारभित्र रहेर अभिव्यक्ति दिनुपर्ने बताइन् । उनले ‘आदिपुरुष’का विषयमा सेन्सर बोर्डले काम गरिसकेको भन्दै अरूले ‘स्टन्ट’ गर्न नहुनेमा जोड दिइन् ।
“सबैले आ–आफ्नो क्षेत्राधिकार बुझ्नुपर्छ । भावनात्मक रूपले सबै हामी एकै ठाउँ छौँ । सीता नेपालको छोरी हुन् भन्ने कुरामा हामी कसैको दुई मत छैन । त्यो हटाइसकेको छ । अरू कुरामा सबैले आ–आफ्नो क्षेत्राधिकार बझ्नुपर्छ,” मन्त्री शर्माले भनिन्, “स्टन्ट र भावना मनोविज्ञानमा खेल्नेभन्दा पनि दीर्घकालीन समाधानको सोचमा जानुपर्छ । यसका लागि परराष्ट्र मन्त्रालबाट हाम्रो कुरा अघि बढाइसकेका छौँ ।”
परराष्ट्र मन्त्रालयले नै अन्तर्राष्ट्रिय र कूटनीतिक सम्बन्ध कायम गर्ने र छलफल गर्ने निकाय भएकाले त्यसबाटै अघि बढ्नुपर्ने उनले उल्लेख गरिन् । सेन्सर बोर्डले विवादास्पद संवाद हटाएर मात्र नेपालमा प्रदर्शनको अधिकार दिएको कुरा सबैले बुझ्नुपर्ने पनि उनले बताइन् ।
“चलचित्रको मूल भावबाटै हटाउनुपर्छ, भारतमा पनि चल्न दिनु हुँदैन भन्ने कुराचाहिँ कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न यो हाम्रो मन्त्रालय होइन, परराष्ट्र मन्त्रालय हो । हामीले यस विषयमा परराष्ट्र मन्त्रालयलाई पत्रचार गरेका छौँ,” मन्त्री शर्माले भनिन् ।
क्ष्उचबमष् ीबलमष्लन
प्रकाशित मितिस् बुधबार, असार ६, २०८० १६स्१८
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरका करार कर्मचारी नहटाउन उच्च अदालतको आदेश
पुष २८, २०८१ आइतबार
इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर
पुष २८, २०८१ आइतबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
आज उत्तरायणको पहिलो दिन : मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
नुवाकोटमा गोरु जुधाई गरी मनाइयो माघेसङ्क्रान्ति
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार