मेयर बालेन पनि उच्च अदालतमा, नागरिक उड्ययन प्राधिकरणविरुद्ध रिट दायर गर्दै
नेपालबहस संवाददाता
असार ७, २०८० बिहिबार १३:११:३५
७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पनि उच्च अदालत पाटन पुगेका छन् । साह त्रिभुवन विमानस्थल क्षेत्र परिसरको तार काटेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै रिट दायरका लागि उच्च अदालत पुगेका हुन् ।
तार काटेको विषयलाई लिएर बालेन, नगर प्रहरी, वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलगायतलाई यसै हप्ता प्राधिकरणले पत्र काटेर ७ दिनको भाका राखेर स्पष्टिकरण सोधेको थियो । पत्रको जवाफ दिने समयसीमा सकिने बेला बालेन उच्च अदालत पुगेका हुन् ।
प्राधिकरणले सोधेको स्पष्टीकरण संविधान अनुकूल नभएको, स्थानीय तहको क्षेत्राधिकारलाई मिचेका भन्दै स्पष्टिकरण सोध्ने निर्णय बदरको माग रिटमा गरिएको छ ।
प्राधिकरणले क्षेत्राधिकार नाघेर पत्र काटेको भन्दै पत्र काटर्ने निर्णयको बदरका लागि महानगर उच्च अदालत गएको महानगरको दाबी छ । महानगरको संस्थागत काममा प्रत्यक्ष प्रतिकूलअसर पुग्ने गरी पत्र काटेको पाइएपछि उच्च पुगेको महानगरका कानुनी सल्लाहकार अधिवक्ता ओमप्रकाश अर्यालले बताए ।
तार काटेको विषयमा ‘तपाईँलाई कारवाही किन नगर्ने ?’ भन्दै ७ दिनभित्र लिखित रुपमा स्पष्टिकरण पेस गर्न पत्र काटेको थियो ।
काठमाडौंको सिनामंगलमा नक्सा पास नगरी भवन बनाएको भन्दै काठमाडौं महानगरले र्गाको ३२ जेठमा काम रोकेको थियो । त्यसक्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार काटेको थियो ।
यसअघि मेयर साहले शैक्षिक मेला रोकेको घटनामा निजी विद्यालयहरुको संगठन हिसान, भारतीय फिल्म ‘आदि पुरुष’लाई महानगरभित्र चल्न रोक लगाएको घटनालाई लिएर चलचित्र संघ उच्च अदालत पुगेका छन् । हिसानले बालेनविरुद्ध दायर गरेको रिटमा बुधबार मात्रै मेला नरोक्न अन्तरिम आदेश दिएको छ भने चलचित्र संघको रिटमा आज न्यायाधीश धीरबहादुर चन्दको इजलासमा सुनुवाइ हुँदैछ ।
कक्षा १० को रिजल्ट आइनसकेको अवस्थामा भ्रामक रुपमा शैक्षिक मेला आयोजना गरेर विद्यार्थी र अभिभावकलाई भर्ना फाराम र शुल्क विवरण वितरा गरेर महानगरको निर्देशन उल्लंघन गरेको र ‘आदिपुरुष’ले राष्ट्रिय विभूति जानकीलाई ‘भारतकी छोरी हुन्’ भन्ने वाक्य राखेको भन्दै नहटाएसम्म चल्न रोक लगाएका छन् । हिसानको रिटमा मेला चलाउन दिन आदेश भएको छ । हिसानले मैला गर्न दिन र १५ करोड रुपैयाँ क्षतिपूर्ति भराइउन आदेश माग गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार