डिजिटल नेपाल फ्रेमवर्क परिमार्जनसहित सूचना प्रविधि कानुन सदनबाट पारित गराउने सरकारको तयारी
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १३:३२:३१
८ असार, काठमाडौं । सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक संसदमा लगेर पास गराउने तयारी गरेको छ । विधेयकमा सञ्चार ऐन र सूचना प्रविधिसम्बन्धी कानुन रहेका छन् । यसलाई संसदमा लगेर पारित भएपछि कार्यान्यावनमा ल्याइने छ । यसबारे जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका हुन् ।
प्रचण्डले सरकार सूचना प्रविधिसम्बन्धी कानुन सदनबाट पारित गरेर छिट्टै कार्यान्वयनमा ल्याउने तयारीमा जुटेको बताएका छन् । आइसिटी फाउण्डेसन नेपालले आयोजना गरेको ह्वा–वे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ लाई सम्बोधन गर्ने क्रममा सूचना प्रविधिसम्बन्धी ऐन, साइबर सुरक्षा नीतिलगायत सूचना प्रविधिसँग सम्बन्धित कानुन सदनबाट पारित गर्ने सरकारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
सूचना तथा सञ्चार प्रविधिसम्बन्धी आवश्यक आइटी बिल, साइबर सुरक्षा नीति, स्टार्टअप नीति र इ–गभर्नेन्स, इ–कमर्श ऐनलगायत आवश्यक कानुन संसदबाट पारित गराउनु पर्नेछ । सूचना तथा सञ्चार प्रविधिलाई जनताको पहुँचमा पुर्याउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी एवं चुस्तदुरुस्त बनाउने प्रचण्डले बताए । यससम्बन्धी थप आवश्यक नीति, नियम र कानुन जतिसक्दो छिटो पारित मन्त्रिपरिषदले पनि पहल गरिरहेको भनाइ छ ।
डिजिटल नेपालको मार्गचित्रलाई सार्थक बनाउन सरकारको पहल रहन्छ र निजी क्ष्ँेत्रले पनि त्यही अनुसारको काम गर्नुपर्ने भन्दै उनले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सामाजिक न्याय र सुशासनमार्फत समृद्धि हासिल गर्न सरकारले यस्तो नीति लिएको बताए । डिजिटल नेपालको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिन र गैरकानुनी कारोबार रोक्न ऐन ल्याउन लागिएको उनको भनाइ छ ।
पछिल्लो समयमा आइसिटीका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु सबल पक्ष भएको उल्लेख गर्दै प्रचण्डले यसबाट सफ्टवेयरका क्षेत्रमा परनिर्भरताको अन्त्य गर्ने सम्भावनाको ढोका खुलेको बताए । स्वदेशमा समुचित रोजगारी तथा अवसरको वातावरण नहुँदा आइसिटी क्षेत्रका जनशक्ति पलायन भइरहेकाप्रति आफू सचेत र सरकारले बजेटमार्फत २० प्रतिशत महँगो भए पनि स्वदेशी प्रविधि प्रयोग गर्ने नीतिगत व्यवस्था गरेको बताए ।
सूचना तथा सञ्चारका क्षेत्रमा भएको अभूतपूर्व विकासले वर्तमान समाजका सबै पक्षलाई प्रभावित गरेको उल्लेख गर्दै उनले हाम्रा व्यवहार, सामाजिक सम्बन्ध, उत्पादन प्रणाली, ज्ञान र राजनीतिक चेतलाई सूचना तथा प्रविधिमा भएको विकासले निर्धारण र कतिपय अर्थमा नियन्त्रणसमेत गरेको बताए । समाज रुपान्तरणका लागि आइसिटी तथा डिजिटल प्रविधिको इनोभेसन, विकास र सही उपयोगको विषय अत्यन्त महत्वपूर्ण रहेको प्रचण्डको भनाइ छ ।
सरकारी निकायले सामाजिक सञ्जालको व्यवस्थितरुपमा उपयोग गर्दै नागरिकलाई सूचना तथा सेवा प्रवाहमा सहज पहुँचका लागि सामाजिक सञ्जाल कार्यविधि परिमार्जन गरिएको उनले बताए । प्रचण्डले सरकारी डाटा सेन्टर तथा सर्भरमा देखापर्ने साइबर सुरक्षा तथा अन्य जोखिमको स्थायी समाधानका लागि सरकारले आवश्यक कदम चालिसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
पुष १८, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार