विभिन्न निकायको बजेट विनियोजनसम्बन्धी पुस्तिकाको विषयलाई लिएर संघीय संसदमा सधैं तमासा
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १४:१९:५५
८ असार, काठमाडौं । संघीय संसद सञ्चालन सम्बन्धमा प्रतिनिधिसभाका सभामुख र सरकारी अधिकारीहरू गम्भीर नबन्दा संसदको गरिमामाथि नै प्रश्न उठिरहेका छन् । आगामी आर्थिक वर्षको बजेट विनियोजनपछि सुरु भएको बजेटमाथिको छलफल कुनै न कुनै कारणले अवरोध पूर्ण र असभ्य बन्दै गएको छ । यसबारे न सरकार संवेदनशील बनेको छ न सरकार र मन्त्री र सांसदहरु नै संवेदनशील देखिएका छन् ।
बजेटमाथि छलफल सुरु भएपछि सांसद पक्ष र प्रतिपक्षमा उत्रिने क्रम अहिले पनि जारी नै छ । एक दलले अर्को दललाई आरोप प्रत्यारोपको श्रृङ्खलाले गरिमामय संसदमाथि नै प्रश्न पनि उठिरहेको छ । सामान्य भन्दा सामान्य विषयमा बच्चाले जस्तै निहुँ खोज्ने प्रवृत्ति सांसदमा देखिएको छ । बजेटको नियमित छलफलपछि प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथि छलफल सुरु भएको हो ।
मन्त्रालयगत छलफल सुरु भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुस्तिकालाई लिएर संसदमा सांसदहरुले हंगामा गरे । बजेट पुस्तिकामा कोशी प्रदेशको नाम नराखिएको भन्दै सांसदहरुले विरोध जनाएपछि सभामुखले विभागीय मन्त्री सुदन किराँतीलाई जवाफ दिन भनेका थिए । मन्त्री किरातीले पुस्तिकामा भएको त्रुटी सच्याउने बचन दिएपछि सो दिनको पर्यटन मन्त्रालयको छलफल स्थगित भयो । अर्कोदिन पनि पुस्तिका सच्चिएन र विवाद नै भयो ।
यस्तै शहरी विकास मन्त्रालयको पुस्तिकामा लुम्बिनी प्रदेश नलेखेर प्रदेश ५ लेखिएको भन्दै एमाले सांसद सुर्य थापाले आपत्ति जनाएका थिए । उक्त दिन पनि सभामुखले २० मिनेट संसद बैठक स्थगित गर्नु पर्यो । शहरी विकासमन्त्री सिता गुरुङले सच्याउने प्रतिबद्धता जनाएपनि सो मन्त्रालयको छलफल अगाडि बढेन । दुई पटक दुई मन्त्रालयको गल्ती भेटिँदा अरु मन्त्रालयले यसमा ध्यान दिनुपर्ने हो ।
शुक्रबारको बैठकमा पनि यस्तै अर्को प्रकरण दोहरिएको छ । उपराष्ट्रपति कार्यालयको बजेटमाथि छलफल सुरु हुनासाथ सांसदहरुले बजेट पुस्तिका खोजे । तर, पुस्तिका उपलब्ध थिएन । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगन नै गर्नुपर्यो । उपराष्ट्रपति कार्यालयले विनियोजन शीर्षकको पुस्तिका उपलब्ध नगराएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएपछि बैठक स्थगन भएको हो ।
बैठकमा एमाले सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको विनियोजन विधेयक अन्तर्गतको खर्च शीर्षक पुस्तिका सांसदहरुले नपाएको भन्दै आपत्ति जनाएका थिए । आजसम्म उपराष्ट्रपति कार्यालय उपलब्ध गराइएको छैन । सरकारले उपलब्ध गराउनुपर्ने हो । यो रवैयामा ध्यानाकर्षण गराउँछु । पुस्तिका बेगर हाउसमा छलफल हुन सक्दैन, बर्ताैलाले भने ।
जवाफमा सभामुख देवराज घिमिरेले ताकेता गरिरहे पनि पुस्तक नआएको बताए । हामीले समयमै सम्बन्धित शीर्षकका विनियोजन शीर्षकका पुस्तिकाहरू व्यवस्थापन गर्ने कोसिस गरिरहेका छौँ । कतिपय कुरा व्यवस्थित हुन सकेको छैन, सभामुख घिमिरेले भने, उपराष्ट्रपति कार्यालयले सुरुमै आफ्नो खासै त्यस्तो विकास निर्माण नीतिसँग सम्बन्धित नभएकाले नदिए पनि हुन्छ होला भन्ने सोचाइ राखेको कुरा जानकारीमा आयो । हामीले त्यसरी हुँदैन भनेर ताकेता गरिरहका छौँ । पठाउने तयारीमा हुनुहुन्छ ।
सभामुख घिमिरेले समयभित्र टुंगो लगाउनुपर्ने भएकाले मिलाउने कुरा मिलाउँ, छलफल हुने कुरा छलफल गर्दै जाउँ भन्दै सहमतिका लागि अनुरोध गरेका थिए । तर, पुस्तकबिना छलफल अघि नबढ्ने एमाले अडानपछि बैठक अघि बढ्न सकेन ।
बर्तौलाले भने, ‘समयमै छलफल सक्नुपर्छ भन्ने हामी पनि ठान्दछौँ । तर, समयमै सामग्री उपलब्ध नगराइकन छलफल कसरी गर्न सक्छौँ । अहिले हामी विषयमा छलफल गर्न सहभागी हुँदै गर्दा कसरी छलफल हुन्छ । एक रूपैयाँ मात्र छुट्याइएको किन नहोस्, छुट्याइएको शीर्षकको बारेमा यो सदनले जानकारी पाउनुपर्छ । पुस्तिाकाबिना छलफल अघि बढाउन सकिँदैन ।’
यस पश्चात् सभामुख घिमिरले बैठक १५ मिनेटका लागि स्थगन गरेका हुन् । १५ मिनेटपछि बैठक सुचारु भयो । यसरी सामान्य विषयले गर्दा संसदको बैठक अवरुद्ध भइरहेका छ । एकपटक यस्तो गल्ती भेटिएपछि अरू मन्त्रालय र निकायले पनि पुस्तिकामा ध्यान दिनुपर्ने हो । तर, कसैले पनि ध्यान दिएको पाइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
नेपाल स्रष्टा समाजको गण्डकी प्रदेश समितिको घोषणा तथा पूस्तक लोकार्पण सम्पन्न
पुष २३, २०८१ मंगलबार
अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार