आगन्तुकलाई आकर्षित गर्न ढोरपाटन देउरालीमा वन्यजन्तुको मूर्ति
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १५:५९:४७
८ असार, ढोरपाटन । नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनमा आउने आगन्तुकलाई आकर्षित गर्न देउरालीमा वन्यजन्तुको मूर्ति निर्माण गरिएको छ । ढोरपाटन नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाखले उपत्यका प्रवेशद्वार देउरालीमा झारल र नाउरको मूर्ति बनाइएको हो ।
नाउर र झारलको सिकार ढोरपाटन आरक्षमा मात्रै गर्न पाइने हुँदा ती मूर्ति बनाइएको नगरपालिकाले जनाएको छ । सिकार आरक्षमा देउराली हुँदै पुगिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकले देख्ने गरी मूल प्रवेशद्वारमै वन्यजन्तुको मूर्ति राखिएको नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताए ।
सिकार आरक्षलाई चिनाउनका लागि ‘सिम्बोल’ का रुपमा चिनाउन मूर्ति राखिएको उनको भनाइ थियो । अहिलेसम्म प्रवेशद्वारमा सिकार आरक्ष चिनाउने खालका कुनै पनि संरचना नबनेकाले यसपालि नगरपालिकाले सुरुआत गरेको उपप्रमुख कायतले बताए ।
प्रवेशद्वारलाई व्यवस्थित बनाउँदै आगन्तुकलाई सहजरुपमा उपत्यका पुग्ने वातावरण बनाइने भएको छ । सडकका कारण ढोरपाटन पुग्ने पर्यटकले समस्या भोग्नु परेकाले सालझन्डी–ढोरपाटन सडक आयोजना कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक काम गर्न आग्रह गरिरहेको उल्लेख गर्दै उपप्रमुख कायतले भने, “ढोरपाटन जति सुन्दर छ प्राकृतिकरुपमै छ, अहिलेसम्म त्यसलाई थप व्यवस्थित र थप सुन्दर बनाउने काम हुन सकेको छैन, हामीहरुले कोसिस गरिरहेका छौँ, यसपालि दुईवटा वन्यजन्तुको मूर्ति राखेका छौँ, अहिले जुन ठाउँमा मूर्ति रहेको छ, त्यो ठाउँ ढोरपाटन पुग्ने जो कोही मूर्ति देखेर/हेरेर मात्रै बल्ल उपत्यकामा प्रवेश गर्ने हुँदा प्रवेशद्वारमा मूर्ति बनाएका छौँ, यसले ढोरपाटनमा पर्यटक आकर्षण गर्न भूमिका निर्वाह गर्नेछ ।”
उक्त मूर्ति ललितपुरस्थित लुम्बिनी स्टोन कार्भिङ प्रालिले निर्माण गरेको हो । उपप्रमुख कायतले सडकका कारण ढोरपाटन आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन नसकेको बताए । वर्षौं अगाडि ट्र्याक खुलेको सालझन्डी–ढोरपाटन सडक अहिलेसम्म स्तरोन्नति हुन नसक्दा स्थानीयवासीलाई समेत आवतआवजमा समस्या भएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
शे–फोक्सुण्डो तालमा पर्यटकको आगमन जारी
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार