कांग्रेस-एमालेको सरकार अहिल्यै बन्ने संभावना छैन : मीन विश्वकर्मा
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १६:४९:३२
८ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपाली कांग्रेस र नेकपा (एमाले) को सरकार तत्काल बन्ने अवस्था नरहेको बताएका छन् ।
नेता विश्वकर्माले वर्तमान गठबन्धन विस्थापित गरी सरकारका मुख्य घटक कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीच नयाँ समीकरण बनेर नयाँ सरकार गठन हुने अहिल्यै संभावना नरहेको उनले संचारकर्मीहरुसँग बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई एमालेले अस्वीकार गर्दै आइरहेको छ । सत्ता पक्षकै सांसदहरुले बजेट विभेदकारी र पक्षपाती रहेको भन्दै सुधार गर्नुपर्ने बताउँदै आएका छन् । यहीबेला संसदमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहे हप्ता दिनमा सरकार ढल्ने अभिव्यक्ति दिएका थिए ।
आजै मात्र प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल एकीकृत समाजवादीका सांसदहरुले बजेट सुधार नगरिए पारित गर्न सहयोग गर्न नसकिने बताए । अहिले सरकार बाहिर एमाले, रास्वपा, राप्रपा, नेमकिपाका गरी झण्डै १२० सांसद छन् । सरकार गठन गर्न १३६ सांसदको आवश्यकता पर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार