पशुपति मन्दिरको जलहरी प्रकरण पुनः ब्युँतियोः गुणस्तर र ताैल पत्ता लगाउन सांसदहरुको माग
नेपालबहस संवाददाता
असार ८, २०८० शुक्रबार १८:५०:२९
८ असार, काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण पुनः ब्यूँतिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पर्यटन मन्त्रालय लगायत गृह, रक्षा, प्रधानमन्त्रीको कार्यालय, राष्ट्रिय योजना आयोगका विनियोजन विधेयकमाथि धारणा राख्दै जलहरीको वजन र गुणस्तर जाँच गर्न माग गरेका हुन् ।
सांसद रामहरि खतिवडा र बुद्धिमान तामाङले पशुपति मन्दिरको जलहरीमा पित्तल बढी मिसाइएको र तोकिएभन्दा १० केजी सुन गायब पारिएको विषयलाई छानबिनबाट सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए ।
उनीहरुले प्रकरणलाई एक दुई जना ठूला नेताहरुले दबाएका भरमा जनताको मनबाट नहट्ने भन्दै जलहरीको गुणस्तर जाँच गर्न र गायब पारिएको सुन पत्ता लगाएर दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । सांसद खतिवडाले जलहरी सुनकै भएको, सुन पनि हराएको भनेर कर्मचारी डाँको छोडेर रोएको भरमा प्रकरण सामसुम हुन नसक्ने बताए ।
‘जलहरीमा भ्रष्टाचारको कुरा उठेपछि केही कर्मचारी डाँको छोडेर रोएको सामाजिक संजालहरुमा देखियो’ उनले भने, ‘भ्रष्टाचार भयो भनेर संसदमा उठेको विषय रोएकै भरमा टार्न मिल्दैन, तत्काल छानबिन पर्यटन मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद तामाङले विश्वभरका करोडौं हिन्दू धर्मवालम्बीहरुको आस्थाका केन्द्र रहेको मन्दिरमा भ्रष्टाचार भएको विषयलाई गुपचुप बनाउन नमिल्ने बताए । महालेखा परीक्षकको प्रतिवेदनमा समेत जलहरी राख्दा सुन हराएको पाइएको र जलहरीमा सुन भनेर पित्तल धेरै मात्रामा मिसावट गरेको विषय औल्याएको भन्दै तत्काल छानबिन गर्न माग गरे ।
प्रतिनिधिसभाको जारी बजेट अधिवेशनअन्तर्गत भएको यसअघिका बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वले पशुपतिनाथ मन्दिरको ज्योतिर्लिंगमा १०८ केजी वजनको सुनको जलहरी राख्दा पित्तल बढी मिसावट भएको र १० केजी सुन लुकाएर करोडौं भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेका थिए । दाहालको उक्त भनाइप्रति एमालेका सांसदहरुले आपत्ति जनाउँदै संसद बैठक नै अवरुद्ध गरेका थिए ।
पछि प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमालेका संसदीय दलका नेता समेत रहेका अध्यक्ष ओलीबीच वार्तापछि सांसद दाहालको भनाइ रेकर्डबाट हटाइएको थियो । केही समयदेखि यो विषय गौण बन्दै आइरहेको थियो । यस्तो अवस्थाबीच आजको बैठकमा जलहरीको तौल र गुणस्तर जाँच गर्नै पर्ने आवाज उठेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार