प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार ११:२२:४८
१० असार, काठमाडौं । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ संस्थापक शेयरधनीहरुका नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
बैंकका संस्थापक शेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार सरावगीको २ लाख १५ हजार ८५३ कित्ता, ग्लोबल आइएमई समुन्नत योजना–१को १ लाख २८ हजार ३८१ कित्ता र सविता दली जोशीको ७ हजार कित्ता गरी कुल ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयरमा हाललाइ विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ । इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ ।
उक्त शेयर खरिदको लागि तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार