गृहमन्त्री श्रेष्ठले दिए रबि लामिछानेलाई धन्यवाद, परिचयपत्र अभिलेखीकरणलाई भने राज्यकाे दायित्वभित्र राखिएकाे स्पष्टाेक्ति
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १२:५७:४४
१० असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले निवर्तमान गृहमन्त्री रबि लामिछानेलाई तत्कालीन कार्यकालमा सुरक्षाकर्मी र सुरक्षा सेवामा गरिएको परिवर्तन र नागरिकमैत्री कामको सुरुवात र निर्णयप्रति धन्यवाद दिएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयमाथिको विनियोजित बजेटका शीर्षकमाथि उठाएका प्रश्न र दिइएका सुझावप्रति जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले रास्वपाका संसदीय दलका नेता समेत रहेका सांसद लामिछानेलाई धन्यवाद दिएका हुन् ।
लामिछानेले आफ्नो कार्यकालमा प्रहरीको सरुवा र बढुवामा आर्थिक चलखेललाई बन्द गराएका थिए । साथै अवकाश पाइसकेका सुरक्षा अधिकारीहरुको घरमा बाहालवाला सुरक्षाकर्मी खटाउने चलनलाई रद्द गरी फिर्ता गराएका थिए । सोही विषय उच्चारण गर्दै मन्त्री श्रेष्ठले आइतबार प्रतिनिधिसभाको जारी बैठकमा लामिछानेले गरेका कामको प्रशंसा गर्दै धन्यवाद दिए ।
‘जसले गरेपनि राम्रो कामको तारिफ गर्नुपर्छ, सही कामलाई सही भन्न सक्नुपर्छ’ मन्त्री श्रेष्ठले भने, ‘मेरो कार्यकालमा पनि अवकाशप्राप्त अधिकारीहरुको घरमा खटिएका ३ सयभन्दा बढीसुरक्षाकर्मी फिर्ता गरिसकेको छ् ।’ साथै उनले राष्ट्रिय परिचपत्र अभिलेखको रेकर्ड राख्ने कामलाई राज्यकै दायित्वभित्र रहने गरी व्यवस्था गरिएको उनले जानकारी दिए । यसअघि लामिछानेले नागरिकलाई दिइने परिचयपत्रमा लिइने औला छाप, जैविक विवरण जस्ता कुराको अभिलेख राख्ने काम एक नीजि कम्पनीलाई दिने निर्णय गरेका थिए । उक्त व्यवस्थालाई सुरक्षाको हिसाबले राज्यको दायित्वभित्र राख्नुपर्ने देखिएको भन्दै कम्पनीलाई दिने निर्णय खारेज गरेको बताए ।
साथै उनले आफ्नो कार्यकालको सुरुवातमा गृहमन्त्री र सचिवले जासुसीको नाममा बिना रेकर्ड र क्रस चेकबिनै अथाह रकम खर्चको रुपमा लिने व्यवस्था रहेको नियमावली नै खारेज गरिदिएको उनले सदनमा स्पष्ट पारे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
जनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार