सांसदको उपस्थिती कम भएकोमा गुनासो
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १३:४९:४१
१० असार, काठमाडौं । सांसद रोशन कार्कीले बिनियोजन विधेयक, २०८० का विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुको सहभागिता न्यून भएको भन्दै गुनासो गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेटमा कुनै ‘कमा’ र ‘पूर्ण विराम’समेत परिवर्तन नहुने भएकाले छलफलमा सांसदको सहभागिता न्यून भएको बताए । उनले उपराष्ट्रपति कार्यालयको प्रशासनिक खर्च कम गरी गरिब किसानलाई अनुदानको प्रबन्ध गर्न माग गरे ।
सांसद रञ्जुकुमारी झाले उपराष्ट्रपतिको पदीय जिम्मेवारी बढाउन माग गर्दै राष्ट्रियसभाको अध्यक्षको भूमिकासमेत दिन माग गरे । उपराष्ट्रपति पदबाट हटेपछि दिनुपर्ने सुविधाका कारण पनि ठूलो खर्च बढेको भन्दै उनले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरे । बजेट विनियोजनका क्रममा कुनै सुशासनको प्रबन्ध नगरिएको दाबी गरे ।
सांसद अब्दुल खानले भारतको उदाहरण पेस गर्दै उपराष्ट्रपति कार्यालयको खर्च कटौती गर्नुपर्ने बताए । संसारभरका देशका तुलनामा हाम्रो देशको आर्थिक अवस्था कमजोर रहेकाले बजेट विनियोजनको प्रबन्ध गर्न उनले माग गरे । सांसद मानवीर राईले संविधान संशोधन गरेर उपराष्ट्रपतिको भूमिका बढाउन माग गरे । उपराष्ट्रपतिको सल्लाहकार र सहयोगी बढी भएकाले त्यसलाई घटाउनुपर्ने उनको भनाइ छ ।
सांसद बलराम अधिकारीले विनियोजन विधेयकका अधिकांश शीर्षक र पुस्तकमा अङ्ग्रेजी भाषाका अत्यधिक प्रयोग भएकामा आपत्ति प्रकट गरे । उनले प्राकृतिक विपत्तिमा परेर देशव्यापी रुपमा जनधनको क्षति भए पनि राहतको प्रबन्ध नभएकामा गुनासो गरे । यस्तै, सांसद अरुणकुमार चौधरीले जनताले सरकारको अनुभूति गर्न नसकेको गुनासो गरे । योसँगै विनियोजन विधेयकमाथिको छलफल सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार