नागरिकता प्राप्तिका लागि प्रक्रिया पुर्याएर मात्रै सिफारिस गर्न वडालाई परिपत्र
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १६:०:३९
१० असार, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पुर्याएर मात्रै सिफारिस गर्न वडा कार्यालयलाई परिपत्र गरेको छ ।
नेपाल नागरिकता 'पहिलो संशोधन' ऐन २०७९ गत जेठ १७ मा राजपत्रमा प्रकाशित भइसकेको सोही ऐन र नियमावली बमोजिम प्रक्रिया पूरा गरेर मात्रै सिफारिस गर्न अनुरोध गरेको छ । नागरिकता अनुसूची मात्रै भरेर आउने गरेको र आवश्यक कागजात नहुँदा दुःख पाउने अवस्था देखिएको भन्दै कार्यालयले सो परिपत्र गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी काठमाडौंका खड्गबहादुर श्रेष्ठले भने, “नागरिकले आवश्यक सम्पूर्ण कागजपत्र नल्याउँदा दुःख पाएका छन्, सबै कागजात पूरा गरी वडा सिफारिस भयो भने सजिलो हुन्छ ।”
कार्यालयले जन्मका आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई वंशजका आधारमा सिफारिस गर्दा बाबु र आमा नेपाली नागरिक भएको र निजको बसोबास निरन्तर नेपाल भित्र गरेको यकिन गर्न पनि भनेको छ ।
जसका लागि बाबुआमाको सक्कल नागरिकता, सक्कल जन्मदर्ता, जग्गाधनी प्रमाणपूर्जा 'निवेदकको बाबुआमा नाम भएको' शैक्षिक प्रमाणपत्र, घरधनी दर्ता प्रमाणपूर्जा, बसाइँसराइ दर्ता प्रमाणपत्र 'ठेगाना परिवर्तन गर्न चाहेमा' स्थायी बसोबास प्रमाणपत्र, बाबुआमाको विवाह दर्ता र पारिवारिक विवरण, बाबुआमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र २०६३ को टोलीले नाबालक दर्ता गरेको भए सोको निस्सा समेत संलग्न गराउन उल्लेख गरिएको छ ।
परिपत्रमा कार्यालयबाट आवश्यकताअनुसार स्थलगत प्रहरी सरजमिन मुचुल्कासमेत गरिने हुँदा सो बेहोरालाई पुष्टि गर्ने अन्य कागजात पनि समावेश गर्न परिपत्रमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार
सन् २०२४ सर्वाधिक तातो वर्ष पुष्टि
माघ २, २०८१ बुधबार
भूकम्प सुरक्षा दिवसमा सुरक्षाकर्मीद्वारा कृत्रिम अभ्यास
माघ २, २०८१ बुधबार