नक्कली भुटानी शरणार्थी प्रकरणमा अध्ययन रोकिएको छैन : गृहमन्त्री श्रेष्ठ
जेललाई सुधार गृहमा परिणत गर्ने र कैदीबन्दीलाई उत्पादनमा लगाउने नीति ल्याइने
नेपालबहस संवाददाता
असार १०, २०८० आइतबार १९:१८:१३
१० असार, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायाणकाजी श्रेष्ठले नक्कली भुटानी शरणा प्रकरणमा अनुसन्धान नरोकिएको स्पष्ट पारेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले प्रकरणमा ‘ठूला माछा’लाई अनुसन्धानमा ल्याउन किन नसक्नुको कारणबारे सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले तथ्य र प्रमाणमा तानिएका जोकोहीलाई अनुसन्धानको दायरामा ल्याउने क्रम जारी रहेको बताए ।
उनले प्रकरणलाई राज्यविरुद्धको अपराधको संज्ञा दिँदै अपराधमा संलग्न कसैलाई पनि कारवाहीबाट उन्मुक्ति दिने काम आफूबाट नहुने स्पष्ट पारे । उनले अहिलेसम्म १६ जना मुद्दा पुर्पक्षका लागि जेल पठाइएको र प्रकरणमा थप अध्ययन भइरहेको जानकारी सदनलाई दिए ।
प्रकरणमा जेल परेका अभियुक्तहरुले कांग्रेस सभापति शेरबहादुर देउवा पप्ती एवं सांसद आरजु राणा, कारागार थुनामा रहेका नेता बालकष्ण खाणकी पत्नी एवं सांसद मञ्जु खाणको नाम लिएपनि पक्राउ नगरिएको भन्दै सर्वसाधारणले समेत प्रहरीको कामकारवाहीमाथि प्रश्न उठाइरहेका बेला उनले यस्तो बताएका हुन् ।
यस्तै, मन्त्री श्रेष्ठले राष्ट्रिय परिचयपत्रको अभिलेख राख्ने काम राज्यकै दायित्वभित्र राखिएको र परिचय पत्रलाई वडास्तरबाटै वितरण गर्ने प्रबन्ध मिलाउने बताए । अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहबाट पूर्ववर्ती ठाउँमै फिर्ता गर्ने कि भन्नेबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको पनि जानकारी दिए । उनले सरुवा बढुवामा सुनिने चलखेलालई शून्यमा पुर्याएको दावा गरे । प्रहरी चेन अफ कमाण्डमा चलेको छ ।
सोही क्रममा हाल सशस्त्र प्रहरी बलको नेतृत्वमा २५० वटा सीमा सुरक्षा पोष्ट (बीओपी) संचालन अवस्थामा रहेका र १७ वटा थपिने क्रममा रहेको बताए । साथै हिमाली सीमा नाका र हिमाली क्षेत्रमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई हिमाली ज्याकेट वितरणको काम सुरु भइसकेको बताए ।
यस्तै, धर्म परिवर्तनका लागि अभियान वा प्रचार गर्नेहरुमाथि कडा कारवाही गर्न मन्त्रालय दृढ रहेको बताए । धर्म मान्न वा नमान्न छुट हरेक व्यक्तिलाई भएपनि प्रचारात्मक अभियान चलाएर गाउँ बस्ती पुग्ने र धार्मिक रुपान्तरण कार्यलाई रोक्न सरकार गम्भीर रहेको बताए । ‘दबाब र प्रलोभनमा वा मिसनमा गरिने धर्म परिवर्तनको प्रचारलाई रोक्न सरकार दृढ छ’ उनले भने ।
प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउनेबारे कानून मस्यौदा बन्ने क्रममा रहेको र छिट्टै सदनमा छलफलमा आउने बताए । ‘प्रहरी जवान, सहायक हवल्दार, हवल्दार, असई र सईको हकमा प्रोत्साहनको अवस्था राम्रो छैन’ उनले भने, ‘यसलाई सुधारेर अगाडि जाने कुरामा म तयार छु ।’
उनले भारतसँगको सीमामा नेपालीलाई घर भान्सा चलाउन बिना कर सामान ल्याउन दिने तर भान्सा चलाउने बहाना गरिने चोरी निकासी र आयातलाई रोक्ने नीतिलाई कडाइपूर्वक कार्यान्वयन गरिने बताए ।
उनले विपद जोमिख न्युनिकरण र विपद्मा परेकाको उद्धार, स्थानान्तरण र उपचारको भरपर्दो व्यवस्था गरिएको बताए । त्यसनिम्ति मिनि अस्पतालसरहको सुविधायुक्त एम्बुलेन्स, स्वास्थ्यकर्मीको व्यवस्था गरिएको बताए ।
सांसदहरुले जेलको अवस्थाबारे सोधेका प्रश्नमा उनले देशभरका जेल पुराना, जीर्ण रहेका र यसलाई समयानुकूल बनाउँदै कैदीबन्दीलाई उत्पादनमूलक काममा लगाउने नीति लिएर जेललाई सुधार गृहको स्तरमा लैजाने बताए । ‘जेललाई सुधार गृह बनाइछाड्छौं, ,कैदीलाई उत्पादनमूलक काममा लगाउने अवधारणा ल्याउँछौं’ उनले भने ।
जेलका नाइके, सहनाइके, चौकीदारको कैद सजायमा क्रशमः महिनामा ६ दिन, सकनाइकेको हक ५, चौकीदारको हकमा ४ दिन कट्टा हुने व्यवस्था गरिएको पनि जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार