संशाेधित ऐनका आधारमा निरज कामतलाई वंशजको नागरिकता
नेपालबहस संवाददाता
असार ११, २०८० सोमबार १७:४०:१८
११ असार, काठमाडौं । जन्मसिद्ध नागरिकका सन्तान मोरङको कटहरी गाउँपालिका– ४ का निरज कामतले वंशजको नागरिकता प्राप्त गरेका छन् । नागरिकता माग गर्दै काठमाडौंको माइतीघरमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका कामतले सोमबार ‘वंशज’को नागरिकता पाएका छन् ।
उनलाई मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले संशोधित नागरिकता ऐन २०७९ बमोजिम नागरिकता प्रदान गरेका हुन् । निरजका बाबु किसुनदेव र आमा गुलाबदेवीको नागरिकता जन्मका आधारमा दिइने ‘जन्मसिद्ध’का आधारका छन् ।
आत्मदाहको प्रयासका बेला उनलाई सँगैका धर्नाकारी र सुरक्षाकर्मीले उद्धार गरी वीर अस्पतालको ट्रमा सेन्टरमा पुर्याएर उपचार गराएका थिए ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा निस्केकै दिन गएको जेठ १७ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गरेपछि बनेको संशोधित नागरिकता ऐनले जन्मका आधारमा नेपाली नागरिकता लिएका बाबुआमाका सन्तान र बाबुको ठेगाना नखुलेका सन्तानलाई वंशजका आधारमा वंशज नागरिकता दिने व्यवस्था गरेको छ ।
ऐनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपनि सर्वोच्चले ऐन कार्यान्वयन गर्न आदेश दिएको थियो । आदेशपछि मुख्यगरी तराईका जिल्लामा नागरिकता बाँड्ने क्रम तीव्रता चलेको छ ।
यद्यपि उक्त व्यवस्थाको विरोध राजनीतिक तहबाटै भइरहेको छ । एकीकृत समाजादीका नेता साध्यबहादुर भण्डारीले ‘विदेशीलाई नागरिकता दिन जन्मसिद्धका आधार बनाइने गरिएको’ तर्क अगाडि सारेका छन् । उनले यस्तो व्यवस्था विश्वमा अमेरिका र क्यानडामा मात्र रहेको तर्क गरेका छन् । सोही व्यवस्थाअनुसार दुवै देशले शरणार्थी र विदेशीलाई देशमा भित्र्याइरहेको बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालेखा नियन्त्रकसहित ९ जना सचिवको सरुवा
पुष २९, २०८१ सोमबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार