संसदमा भूमि व्यवस्था मन्त्री श्रेष्ठको प्रष्टिकरण दिने फरक शैली
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १३:२६:५४
१२ असार, काठमाडौं । भूमि व्यवस्था, शहरी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले मंगलबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको विनियोजित बजेट शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिएकी छन् ।
असार १ गतेको बैठकमा सांसदहरुले मन्त्रालयमाथि विनियोजित विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले गरिबीका रेखामुनि परेका नागरिकलाई परिचय पत्र प्रदान गर्ने र भूमिहीन नागरिकलाई जग्गा धनी पूर्जा दिने काम तीव्र गतिमा भइरहेको जानकारी दिइन् ।
बैठकमा जवाफ दिँदा प्रश्न उठाउने सांसदहरुको नाम उच्चारण गरेर हरेकको प्रश्नको जवाफ दिएकी छन् । गुठी जग्गाको संरक्षण गर्न र जग्गाको कित्ताकाट गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन्् । सम्पूर्ण प्रश्नकर्ताको नामै उच्चारण गरेर तिनले उठाएका प्रश्नको जवाफ दिने तरिका विल्कुलै भिन्न बनेको छ । जवाफ दिने पहिलो चरण सकिएको छ ।
सांसद आश्माकुमारी चौधरीले आफू सुकुम्वासी रहेको र आफूले जग्गाधनी पूर्जा कहिले पाउँछु भन्दै मन्त्री श्रेष्ठलाई पूरक प्रश्न गरेकी छन् । अहिले यसअघिका बैठकमा प्रश्न उठाउने सांसदहरुले पूरक प्रश्न गर्ने चरण जारी छ ।
लालबहादुर सावाँ लिम्बू, प्रेम सुवाल देवेन्द्र पौडेल महेन्द्रबहादुर शाही, प्रेम सुवाल, आश्माकुमारी चौधरी, शान्ति चौधरी, अमरबहादुर रायमाझी, बलराम अधिकारी, सरस्वती सुब्बा, मानवीर राइ, बिना लामा, श्यामकुमार घिमिरे लगायत तीन दर्जनभन्दा बढी सांसदहरुको प्रश्नको जवाफ दिएकी छन् ।
अन्य सबै मन्त्रीहरुले आफ्नो मन्त्रालयमाथिको बजेटमा सांसदहरुले उठाएका प्रत्येक प्रश्नमा केहीको नाम लिएर एकमुष्ट जवाफ दिने गरेका पाइन्छ । त्यसमा धेरै प्रश्न छुट्ने र सांसदहरुले ‘मेरो प्रश्नको जवाफ आएन’ भन्दै गुनासो गर्ने गरेका छन् । मन्त्रीहरुले पनि सबैको चित्त बुझाउन नसकिने प्रतिक्रिया दिने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
१२ उपसचिवको सरुवा (सूचीसहित)
मंसिर १३, २०८१ बिहिबार
लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
मंसिर १३, २०८१ बिहिबार
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
मंसिर १३, २०८१ बिहिबार