अदालतले स्टे अर्डर दिएपनि ब्यूरोबाट समातिए ललितानिवास प्रकरणमा मुछिएका तीन आरोपी
नेपालबहस संवाददाता
असार १२, २०८० मंगलबार १७:५४:३७
१२ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौंले तत्काल पक्राउ नगर्नु भन्दै स्टे अर्डर दिएपनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका तीन आरोपीलाई मंगलबार पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूसँग अदालतले स्टे अर्डर जारी गरेको पत्र थियो ।
सीआईबीले पक्राउ गरेका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीले अदालतबाट पक्राउ नगर्नु, नगराउनु भन्ने आदेश लिएर बसेको अवस्थामा समातिएको व्युरोले जनाएको छ ।
कपाली र केसी पनि मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन सरकारी अधिकारी हुन् । उनीहरूलाई बुधबार म्याद थप्ने गर्ने तयारी व्युरोले गरेको छ । सरकारी लिखत किर्ते गरेर बालुवाटार स्थित ललितानिवासको जग्गा हिनामिना गरेको कसुरमा सीआईबीले मीनबहादुर गुरुङ सहित ७ जनालाई पक्राउ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
सरकारविरुद्ध एकढिक्का हुँदै विपक्षी दल, आज संयुक्त पत्रकार सम्मेलन गर्दै
माघ ३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
माघ ३, २०८१ बिहिबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार