सरकारी सुरक्षा घेराभित्र रहेका अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात सम्पर्कविहिन
नेपालबहस संवाददाता
असार १३, २०८० बुधबार १४:५३:२०
१२ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणको फाइल अगाडि बढाएर अनुसन्धान सुरु गरेपछि यो जग्गा हिनामिना प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीपकुमार बस्न्यात सम्पर्कविहिन भएका छन् । उनी सुरक्षा घेरालाई छलेर भागेको बताइएको छ ।
सीआईबीले मंगलबारदेखि सम्बन्धित व्यक्तिहरूलाई पक्राउ गर्दै अनुसन्धान अघि बढाएको छ । ब्यूरोले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित छ जनालाई पक्राउ गरिसकेको छ । बस्न्यात मंगलबार रातीदेखि फरार भएको बताइएको छ ।
बालुवाटारको सरकारी जग्गा हिनामिनामा मुछिएको ठहर गर्दै अख्तियारले भ्रष्टाचारी ठहर गरेको, सम्पत्ति शुद्धीकरण विभाग र सीआईबीले अनुसन्धान गरिरहेका बस्न्यातलाई सरकारले छुट्टै सुरक्षाकर्मी खटाएको छ । उनको सुरक्षाको लागि सशस्त्रका ५ प्रहरी परिचालन गरिएको छ भने व्यक्तिगत सुरक्षाका लागि नेपाल प्रहरी समेत खटाएको छ ।
सुरक्षाकर्मीको घेरामा रहेका बस्न्यात कसरी सम्पर्कविहिन भएका हुन् । प्रहरीकै सामुन्ने राज्यका विशिष्ट पदाधिकारी फरार हुनुले विशिष्ट व्यक्तिको सुरक्षा माथिसमेत प्रश्न उठेकाे छ । उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख रूपैयाँ बिगो माग राखी २०७६ माघ २२ गते मुद्दा दायर गरेको थियो । ललिता निवास प्रकरणमा अख्तियारले उनीसँगै १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
बढ्दो मानव–हात्ती द्वन्द्व: २० वर्षमा २ सय ७४ जनाको मृत्यु
पुष २४, २०८१ बुधबार
दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरहगाह बनाउन रूख कटानको सम्झौता
पुष २४, २०८१ बुधबार
अपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
१० लाख धरौटीमा रिहा भइन् लेखा समिति सभापतिकी श्रीमती अञ्जला कोइराला
पुष २४, २०८१ बुधबार
नेपाल नबन्नुको कारण
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार