मजदुरको रकममा मिटरब्याज असुल्ने एक महिला पक्राउ
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १२:७:२१
१४ असार, काठमाडौं । बारा र पर्साका विभिन्न उद्योग–कारखानामा कार्षरत मजुदरसँग उच्च आम्दानी लोभ देखाई पैसा लिएर मिटरब्याजमा लगाउँदै आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–२ की सिर्जना खड्का रहेकी छन् । खडकाले निजगढ, सिमरा, जीतपुर, पथलैया, अम्लेखगञ्ज, हेटौंडा, वीरगञ्जलगायतका क्षेत्रमा दर्जनौं व्यवसायी, औद्योगिक करिडोरमा कार्यरत मजदुर तथा कर्मचारीसँग विभिन्न प्रलोभन र झुक्यानमा पारेर पैसा लिएर चर्को ब्याजदर अर्थात मिटरब्याज (अनुचित लेनदेन) गर्दै आइरहेकी खडकालाई पीडितको उजुरीका आधारमा प्रहरीले गत हप्ता पक्राउ गरेको हो ।
उनले यस क्षेत्रका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा वैदेशिक रोजगारीबाट फर्किएका मजदुरहरुसँग पनि ठगी गरेको खुलेको छ । उनले कसैसँग ब्याजको लोभ र कसैसँग समस्या देखाई सापटी लिएर फरार भएको पाइएको छ । त्यसरी लिएको रकम उनले मिटरब्ष्याजमा लगाउने गरिएको खुलेको छ ।
चलनचल्तीको ब्याजमा २० रुपैयाँ लिएर लामो समय सम्पर्कविहीन भएको र पछि ब्याजसमेत जोडेर फिर्ता गरेको चेक नसाटिएपछि पीडित सुजित घिसिङले प्रहरीमा उजुरी दिएका थिए । बहिनीमार्फत चिनेकी खडकालाई विश्वासमा परेर सामान्य ब्याजमा पैसा दिएको बताएका छन् । आफूजस्तै धेरै जनालाई ठगी गरेको पाइएपछि उनले ब्यालेन्स नभएको चेक बाउन्स गरी बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।
विभिन्न व्यवसायी, पसले र बैंक तथा वित्तीय संस्थाका कर्मचारी, घराना वर्गका मान्छे समेत उनको ठगी धन्दाको शिकार भएको पाइएको छ । सहारा लघुवित्तमा बजार प्रतिनिधिको रुपमा काम गरेकी खड्काले बचतकर्ताको रकमसमेत मिटरब्याज लगाएको खुलेको छ । त्यसपछि उनलाई संस्थाले निष्कासन गरेको थियो ।
खडकाविरुछ उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । उनको ठगीधन्दा पीडितहरुले प्रहरीकहाँ पुग्दा रकम फिर्ता पाउन नसक्दा केही पीडित बाराका सांसद कृष्णकुमार श्रेष्ठ (किसन)सँग गुहार माग्न पुगेका छन् ।
कुनैबेला सहकारीकी अध्यक्ष समेत रहेकी अभियुक्त खड्कालाई एकै व्यक्तिले ५ लाखदेखि ७ करोड रुपैयाँसम्म लगानी गरेको पाइएको छ । संजाल नै बनाएर लामो समयदेखि करोडौं रुपैयाँ रकम अपचलन गर्दै आइरहेका देखिएकी खडकासँग अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘कारोबार’को ठूलो रकमको चेक बाउन्स गरेर उजुरी दिन आउने गरिएको अवस्थाका पीडितहरु रहेका प्रहरीको दाबी छ । खडका मिटरब्याजी रहेको कुरा केही तथ्यले खुलेको प्रहरीको भनाइ छ ।तर अभियुक्त खडकाले भने आफूले केहीसँग सापटी र केही व्यक्तिसँग ऋण लिएको दाबी गर्दै आइरहेकी प्रहरी स्रोतको भनाइ छ ।
केही पीडितहरुले भने मिटरब्याजी खडकाविरुद्ध उजुरी दिन आउनेहरुलाई उल्टै रकम चेक लिन दबाब दिने र कुटपिट समेत गर्ने गरेको बताएका छन् । खडकाकी पति मनोजको पनि मिटरब्याज कसुरमा संलग्नता रहेको भन्दै पक्राउ गर्न माग गरेका छन् ।
सरकारले मिटरब्याजमा ऋण दिने कार्यलाई अनुचित लेनदेनको कसुरकाे दर्जामा राखेर संलग्निवरूद्ध कारवाही गर्दै आइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशी युवालाई रोजगारीमा जोड्दै पूर्व एसएसपी थापा
माघ २, २०८१ बुधबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता
माघ ३, २०८१ बिहिबार
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र
माघ ३, २०८१ बिहिबार
आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने
माघ ३, २०८१ बिहिबार
करका विषयमा प्रदेश सरकार र काठमाडौं महानगरबीच विवाद, पैसा बुझाएको बालेनको दावी
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार