नेकपाले असार १५ लाई ‘श्रम उत्सव’को रुपमा मनाउने
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १३:९:३८
१४ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी (नेकपा)ले असार १५ गते मनाइने धान दिवसलाई ‘श्रम उत्सव’को रुपमा मनाउने भएको छ ।
भोलि असार १५ गते सरकारले धान दिवसको रुपमा मनाउँदै आएको छ । किसानमाझ वर्षभरि खाना पुग्ने र मानो लगानी गरेर मुरी उब्जाउने मान्यता पाएको यस दिवसलाई नेकपाले श्रमको उच्च मूल्यांकन र झरी‚बादलबीच कृषकहरुले धान, कोदो बिरुवा लगाउन हामफाल्ने मुख्य समयको रुपमा लिँदै ‘श्रम दिवस’ मनाउने भएको हो ।
नेकपाले आर्थिक नीतिअन्तर्गत ‘आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी’ नीति अगाडि सार्दै कडाई साथ लागू गर्ने महासचिव विप्लवले बुधबार सामाजिक संजालमार्फत सन्देश सार्वजनिक गरेका थिए ।
श्रम दिवसले मुलुकलाई आत्मनिर्भर बनाउन सहयोग प्रयाउने उद्देश्यसाथ भोलि शुक्रबार ७७ वटै जिल्लामा श्रम उत्सव मनाउने निर्णय भएको नेकपाले जनाएको छ । नेकपा महासचिव विप्लवले पार्टी केन्द्रीय कार्यालय रहेको कपिलको शिवगढीमा हुने धान रोपाइँमा सहभागी हुने जनाइएको छ ।
सोही नीति अनुरुप असार १० गतेदेखि असार ३० गतेसम्म पार्टीका नेता कार्यकर्ताहरुलाई उत्पादनका काममा खट्न बिदा दिने निर्णय गरेको छ । हालसम्म केन्द्रले ४० बिगाहमा उत्पादन गरिरहेको र जिल्ला, क्षेत्र, र जबससमेत गरी १०० बिगाहमा उत्पादन गरिरहेको जानकारी पनि विप्लवले सामाजिक संजालमार्फत दिएका छन् ।
प्रवक्ता प्रकाण्डले चितवन, स्थायी समिति सदस्य रणविर बर्दियामा हुने रोपाइँमा सहभागी हुने नेकपाले जनाएको छ । तराई यी क्षेत्रहरु धान उत्पादनका मुख्य केन्द्र मानिन्छ । रोपाईँ क्षेत्रमा पार्टीका सांस्कृतिक टोली सामना साँस्कृतिक परिवारले प्रस्तुति दिने र रोपाइँको रेडियो, टेलिभिजन, सामाजिक संजालबाट प्रत्यक्ष प्रसारण गरिने समेत जनाइएको छ ।
रोपाइँका लागि आज देशैभरका रोपाइँ हुने केन्द्रहरुमा पार्टीका नेता तथा कार्यकर्ताहरु किसानसँगै बिऊ उखेल्ने र जम्मा गर्ने काम खटिइसकेको जनाएको छ ।
नेकपाको उपत्यका विशेषब्यूराले गत हप्ता ललितपुर खुमलटारमा धान रोपाइँको आयोजनाा गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रदेश मन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बालेन शाहको भनाइ
माघ ३, २०८१ बिहिबार
नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई २१।०५ प्रतिशत लाभांश वितरण गर्दै
माघ ३, २०८१ बिहिबार
गठबन्धन सरकारका काम कारवाही र जारी अध्यादेशबारे कांग्रेस बैठकमा छलफल
माघ ३, २०८१ बिहिबार
पाकिस्तानमा भेटियो ठुलो सुनखानी, ७ सय अर्बको कारोबार हुने दावी
माघ ३, २०८१ बिहिबार
एप्पलका मालिकले कुम्भ मेला बारे लेखेको पत्र ६ करोड अमेरिकी डलरमा लिलामी
माघ ३, २०८१ बिहिबार
फिटनेश एपवाट पनडुब्बीको रहस्य लिक भएपछि फ्रान्स तनावमा
माघ ३, २०८१ बिहिबार