कर्णाली प्रदेश प्रमुख परियारद्वारा बकर इदको शुभकामना
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १३:५२:४९
१४ असार, कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुस्लिम धर्मावलम्बीको पर्व इदउल अज्हा (बकर इद)को शुभकामना दिएको छ ।
प्रदेश प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै कर्णालीवासी, देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेको हो । सन्देशमा भनिएको छ, “आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसीका साथ पर्व मनाउन र पुरानो सोच तथा संस्कृतिको अन्त्य गर्दै नयाँ सोच, विचार र संस्कृतिको विकास गर्नु आवश्यक छ ।”
नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गरेका प्रदेश प्रमुख परियारले यस पर्वले नेपालीबीच सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा ज्येष्ठ नागरिकको उपचारका लागि छुट्टै शय्याको व्यवस्था
माघ १४, २०८१ सोमबार
सुशासनको कुरा सबैले गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति छः मुख्यमन्त्री कँडेल
माघ ८, २०८१ मंगलबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार