सिञ्जाको नीति : पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १५:१०:३६
१४ असार, जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजित गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए ।
खस भाषाको जन्मथलोसमेत रहेको सिञ्जालाई पर्यटकीय ‘हब’मा विकासित गर्नेका लागि पालिकाभित्रका लुकेका पर्यटन क्षेत्रलाई थप प्रवर्द्धनका लागि पूर्वाधार निर्माण गाउँपालिकाले नीति अवलम्बन गरेको छ । उनले भने,“पर्यटन बोर्डसँग सहकार्यमा खस रीतिरिवाज र संस्कृति समेटको खस ‘क्यालेण्डर’ निर्माण गरी कार्यान्वयनमा ल्याउने नीति गाउँपालिकाले लिएको छ । खस भाषाको सभ्यता अध्ययन प्रतिष्ठानको रुपमा विकास गर्न सङ्घीय सरकारसँग पहल गरिने छ ।”
सिञ्जाको इतिहास अभिलेखिकरण र पालिकाको वडा नं ३ स्थित राइके पाखोमा सिञ्जा राज्यको प्रभाव क्षेत्र झल्किने नेपालको नक्शा निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने गरि गाउँपालिकाले काम गरेको उपाध्यक्ष सीतली रोकायाले बताए । खस भाषाको सङ्ग्रहालय निर्माणको कामलाई निरन्तरता दिँदै यूनेस्कोको सहयोगमा सिञ्जालाई मूर्तअर्मूत विश्व सम्पदा सूचीको रुपमा अगाडि बढाउन गुरुयोजना तयार गरिने प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए । जिल्लाकै पवित्र धार्मिक पर्यटकीयस्थल सिञ्जाको केदारनाथमा आगामी भदौ १० मा धार्मिक मेला लाग्ने भएको छ ।
यसबाट सिञ्जाको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जनाइएको छ । ” सिञ्जाका अन्य पर्यटकीय क्षेत्रसहित जुम्ला विमानस्थल, चन्दननाथ मन्दिर र सिञ्जा सभ्यताको अवलोकन गर्ने कार्यक्रम रहेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ । पर्यटन मन्त्रीको दृढताका कारण यो वर्ष जुम्ला विमानस्थल स्तरोन्नतिको कामले गति पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
कर्णालीमा उत्पादित महको बजारीकरण गर्न प्रदर्शनी मेला
माघ २, २०८१ बुधबार
कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड २३ हजार भुक्तानी
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रधानमन्त्रीले उद्घाटन गरे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन
माघ ३, २०८१ बिहिबार
हुम्लाको उच्च भेगमा बाक्लो हिमपात
माघ ३, २०८१ बिहिबार
हमास-इजरायल युद्बबिराम आइतवार देखी लागु हुनेछः कतारका प्रधानमन्त्री
माघ ३, २०८१ बिहिबार
रास्वपाका नेता कार्यकर्ता माइक टाइसन भन्दा बलियाः गोकुल बाँस्कोटा
माघ ३, २०८१ बिहिबार
प्रधानमन्त्री ओली पोखरा पुगे
माघ ३, २०८१ बिहिबार