केशी प्रदेशको अधिशवेशन सुरु, मुख्यमन्त्री कार्कीद्वारा बजेट अध्यादेश पेस
नेपालबहस संवाददाता
असार १४, २०८० बिहिबार १५:४०:३६
१४ असार, मोरङ । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अन्तर्गत पहिलो बैठक सुरु भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आज अधिवेशन बोलाएका हुन् ।
बैठकमा अहिले मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गरेका छन् । सो क्रममा उनले बाध्यतामा परी अध्यादेश ल्याएको बताएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले समर्थन फिर्ता लिएपछि कार्कीले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र वार्षिक बजेट अध्यादेशबाट ल्याएका थिए ।
सरकारले ल्याउने अध्यादेशलाई आह्वन भएको अधिवेशनको पहिलो बैठकमा कारणसहित पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । आजकै बैठकमा कार्कीले विश्वासको मत लिने प्रस्ताव पेस गर्ने भएका छन् । एमाले र राप्रपाबाहेक विपक्षी चार दलले भने उनलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । एक मत रहेको जसपा भने प्रस्तावको पक्ष वा विपक्ष कतै नलागी तटस्थ बस्ने निर्णय गरेको छ ।
कोशीमा सरकार गठन गर्न ४७ मत आवश्यक पर्छ । हाल कार्कीसँग ४६ मत रहेका छन् । विपक्षीसँग पनि जसपाबाहेक सभामुखसहित ४६ मत रहेका छन् । यस्तो अवस्थामा प्रदेशसभाका पहिलो ठूलो दलको हैसियतले एमालेले नै नयाँ सरकार गठनको अवसर प्राप्त गर्ने संभावना रहन्छ । तर जसपा कुनै पक्षमा ढल्केको खण्डमा बहुमतकै सरकार गठन हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने
पुष २८, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
कोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
नक्कली शरणार्थी प्रकरणः सर्वोच्च अदालतले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण
माघ ३, २०८१ बिहिबार
शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छः प्रधानमन्त्री ओली
माघ ३, २०८१ बिहिबार
भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित
माघ ३, २०८१ बिहिबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलता पूर्वक प्रक्षेपण
माघ ३, २०८१ बिहिबार